Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लक्ष्मीनाथ र शान्तिप्रियलाई वरिष्ठ, फूलमानलाई युवा पुरस्कार, दीपाश्री र विनोदलाई सम्मान

Thursday, December 14, 2017 National Power

२८ मंसिर, काठमाडौं –  ड्रिमवल्र्ड अफ फिल्म मेकर्स प्रा।लि।ले पूर्व घोषणा गरे अनुसार पाँच जना चलचित्रकर्मी एवं पत्रकारलाई श्याम–सुनिता मुखिया चलचित्रकर्मी पुरस्कार एवं सम्मान प्रदान गरेको छ । काठमाडौंमा हिजो एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान एवं पुरस्कार प्रदान गरिएको हो । श्याम–सुनिता मुखिया चलचित्रकर्मी विशिष्ट पुरस्कार वरिष्ठ लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई प्रदान गरिएको छ । त्यस्तै सोही कार्यक्रममा श्याम–सुनिता मुखिया वरिष्ठ चलचित्रकर्मी पुरस्कार वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियलाई प्रदान गरियो भने उक्त कार्यक्रममा श्याम–सुनिता मुखिया युवा चलचित्रकर्मी पुरस्कार रङ्ग पत्रकार फूलमान वललाई प्रदान गरिएको छ ।

पुरस्कारका अलावा सोही कार्यक्रममा जलदीबल्दी यतिखेरकी चर्चित निर्देशक दीपाश्री निरौला र ओस्कार फिल्म कलेजका प्रिन्सिपल विनोद पौडेललाई सम्मान गयिो । कार्यक्रममा सभापति सुनिता मुखियाले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई टीका लगादिएकी थिइन् भने कार्यक्रमका विशेष अतिथि सुनिल मुखियाले पुरस्कृत तथा सम्मानितहरुलाई माला अर्पण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि चेतन कार्कीले पुरस्कृत तथा सम्मानितलाई प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा लक्ष्मीनाथ शर्मा तथा शान्तिप्रियलाई प्रमाणपत्र सहित १५५५५÷– को थैली पनि हस्तान्तरण गरिएको थियो भने फूलमान बललाई १११११÷– प्रदान गरिएको थियो । सम्मानितद्वय दीपाश्री निरौला र विनोद पौडेललाई प्रमाणपत्र तथा दोसल्ला सहित सम्मानित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कार्कीले कार्यक्रमको गरिमाप्रति मन्तव्य प्रकट गरेका थिए । सम्मानले व्यक्तिको मूल्याङ्कन हुने र सही व्यक्ति छनौट समेत गरिएको कार्कीले बताए । कार्यक्रममा विशिष्ट अतिथिहरु नेपालको पहिलो चलचित्रका त्रिमूर्ति अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल तथा चैत्यदेवीले कार्यक्रमलाई शुभकामना प्रदान गर्दै आयोजक सवनम मुखियाको समेत प्रसंशा गरेका गरेका थिए । सोही कार्यक्रममा अतिथिको आसनबाट बोल्दै लेखक/निर्देशक निर्देशक मोहन निरौला तथा प्राविधिक तथा निर्देशक प्रदीप उपाध्यायले कार्यक्रमको निरन्तरताको कामना गरेका थिए । कार्यक्रममा आयोजक संस्थाकी सदस्य सचिव एवं नेपालकै पहिलो छायाँकार सवनम मुखियाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमबारे प्रष्ट पारिन् । केही अघिदेखि नै यसरी सम्मान एवं पुरस्कारको सुरुवात गर्न नखोजे पनि विभिन्न पारिस्थितिले नमिलेको तर अब नियमित सम्मान एवं पुरस्कार गरिएको बताइन् ।

कार्यक्रममा सम्मानपछि बोल्दै दीपाश्री निरौलाले पहिलो महिला छायाँकारका रुपमा सवनम मुखियालाई नै सम्मान गर्नुपर्ने भन्दै आफूलाई लगाइदिएको माला लगाइदिएकी थिइन् भने आफूलाई कला क्षेत्रमा ल्याउने र स्थापित गराउने लेखक निर्देशक मोहन निरौलालाई सम्मान स्वरुप आफूले लगाएको दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । सम्मानित र पुरस्कृतहरु व्यक्तित्वहरुले आफूलाई सम्मानीत एवं पुरस्कृत गरेकोमा संस्थाप्रति आभार प्रकट गरेका थिए ।