Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ललितपुर १ मा सिलवालको अग्रता

Friday, December 8, 2017 National Power


२२ मंसिर, ललितपुर –  ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश लगत्तै टिकट दिइएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्दै जनताको मतबाट बदला लिने उनले बताउँदै आएका छन् ।