Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

ललितपुर १ मा सिलवालको अग्रता

Friday, December 8, 2017 National Power


२२ मंसिर, ललितपुर –  ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । प्रतिनिधिसभामा एमालेका सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा छ ।

प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मतसहित अगाडि छन् भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश लगत्तै टिकट दिइएको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको भन्दै जनताको मतबाट बदला लिने उनले बताउँदै आएका छन् ।