Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु

Friday, December 8, 2017 National Power

२२ मंसिर, काठमाडौं – काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, ५, ६ र ९ को मतगणना सुरु भएको हो ।बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ ।यसैगरी क्षेत्रनम्बर ५ मा एमालेका इश्वर पोखरेल, कांग्रेसका डा। प्रकाशशरण महत र साझा विवेकशील पार्टीका उज्जवल थापा उम्मेदवार छन् ।

यसैगरी क्षेत्रनम्बर ६ मा कांग्रेसका भिमसेनदास प्रधान र माओवादीका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुने अनुमान छ ।काठमाडौं क्षेत्रनम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रञ्जित प्रतिस्पर्धामा छन् ।