Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रगतीशील लोकतान्त्रीक गठबन्धनलाई भारीमतले विजयी गराउन अपिल : समहाचिव मैनाली

Monday, December 4, 2017 National Power

 १८ मंसिर,  काठमाण्डौ –  नेकपा माले र जनसमाजवादी पार्टीको प्रगतीशील लोकतान्त्रीक गठबन्धन अर्घाखाँचीका समानुपातीक उम्मेदवार कुमार वेलवासेले मौनअवधी सुरु हुनु केहि समयमात्रै रहदा आफ्ना चुनावी कार्यक्रमहरुलाई तिब्रताका साथ अगाडी बढाईरहेको बताएका छन् । उनले आज राती १२ बजे पछि आफ्ना सम्पुर्ण चुनावी अभियानलाई थाती राख्ने र अन्य दलहरुबाट मौन अवधीमा आचार संहिता उल्लँघन भएको थाहा पाएमा आफुहरु सिधै निर्वाचन आयोगमा उजुरी गर्ने बताएका छन् । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न पाईदैन,आफन्त ईष्टमित्रकहाँ जाने भेटघाट गर्ने कुराले भने मौन अवधीको उल्लँघन नहुने तर मौन अवधिमा अन्य दलहरुले चुनाव प्रचार गरेमा वा भोट मागेमा आफुहरु सिधै निर्वाचन आयोगमा उजुरी गर्ने बेलवासेले बताएका छन् ।आज मध्यरातपछि भोट माग्न नपाइने भएकाले आफुहरु आज अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त रहेको सम्पुर्ण मतदाता सम्म पुग्न भ्याईनभ्याई भईरहेको बताएका छन । आफुले कपिलवस्तुका ६ ओटै निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम सम्पन्न गरेर आफ्नो निर्वाचन क्षेत्र अर्घाखाँचीमा चुनावी घर दैलो अभियानमा रहेको र प्रभावकारी रुपमा घरदैलो अभियान चलिरहेको बताएका छन् । मौन अवधी नजिकिदै गर्दा अहिले आफुहरु विभिन्न सञ्चार माध्यमहरु टेलिभिजन तथास्थानिय रेडियोहरुमा समेत अन्तवार्ता दिनमा व्यस्त रहेको बताएका छन् । यस्तै आज चुनाव प्रचार प्रसारको अन्तिम दिन चुनावी अभियानकै शिलशिलामा नेकपा माले का महासचिव सिपी मैनाली आज पुर्वको विर्तामोडमा आफ्ना नेता तथा कार्यकर्ताहरुको पक्षमा मत मागीरहेका छन् । विर्तामोडको चुनावी सभालाई सम्बोधन गर्दै समहाचिव मैनालीले सम्पुर्ण जनताहरुलाई माले र जनसमाजवादी पार्र्टीको प्रगतीशील लोकतान्त्रीक गठबन्धनलाई हसिय तारामा मतदान गरेर भारीमतले विजयी गराउन अपिल गरेका छन् ।

उनले राष्ट्रियताको जगेर्ना गर्नका,सामाजिक अर्थतन्त्रको निर्माण गरेर देशलाई आत्म निर्भर बनाउन र संविधान कार्यान्वयन गर्नका निमित्त देशमा नेकपा मालेको विजए अपरिहार्य रहेको बताएका छन् । यस्तै विकासको स्पष्ट खाका बोकेका विकास प्रेमी नेता सुवास राज काफ्ले यतीबेला काठमाण्डौ केन्द्रित रहेर चुनावी घरदैलो अभियानमा निकै व्यस्त रहेका छन् । उनले चुनावी कार्यक्रमहरु निकै प्रभावकारी रहेको र जनताले आफुहरुलाई विजयी गराउनेमा ढुक्करहेको बताएका छन् ।


नेकपा माले,जनसमाजवादी पार्टीको प्रगतीशील लोकतान्त्रीक गठबन्धनका नेता तथा कार्यकर्ताहरु आ – आफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् ।दोस्रो चरणको निर्वाचनबाट १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ २ हजार ८१९ उम्मेवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् । दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो ।