Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पैसाको खोलोमा सत्ताको खेल

Monday, December 4, 2017 National Power

मंसिर १८,काठमाण्डौ  – अरु विकास केहि नभए पनि राजनितिक उतार चढाब बाट भने नेपाल थिलाथिलानै परेको छ । जुन देशमा राजनिती नै राजनिती हुन्छ त्यहि देशका जनता राजनितिबाट अझै अनजान छन् । राजनिति चेतना बाट कोसाँै टाढा छन् । एक बार होईन हरेक बारको चुनावमा जनता नै चुनावमा हारिरहेका छन् । जित्छन् त केवल उनिहरुनै कहिले आफ्नो मतलाई पैसामा बिकाउछन् त कहिले लोभ लालचमा फस्छन् । लहै लहैमा लागेर बिक्छन् र बिक्दै गईरहेका छन् । हरेक पटकको नेताको रजाईमा जनताकै हात हुन्छ अनित रजाई नगरि के गरुन ? पहिलो पटक जसले जित्छ लगातार हरेक वर्ष उसैले जित्नु पर्छ नेपालमा । अन्यथा उसको मान सम्मान र प्रतिष्ठाको कुरा उठ्छ रे वाह जनता । हरेक वर्ष उसैलाई जिताउ, अनि युवा हुदा युवा बनेको नेता बुढेसकालमा पनि युवानै रहन्छ । यति मात्रै नभएर उसले पैसाको वर्षाद गरेर हुन्छ कि डराएर तर्साएर हुन्छ कि धम्काएर हरेक बुद्धि लगाउछ आफु जित्न र जित्छ पनि ।

एक पटक को जिताईमा आफ्नै पोल्टो भरेको नेता ले पटक पटक जित्दा पनि खुसी हुने जनता उसले गरेका हरेक कामहरुको अवलोकन गर्दैनन्, टिका टिप्पणी नि गर्दैन अँह केहि गर्दैन । उसलाई कहिले सजग गराउदैन, आफ्नो मतको कदर नगरे अर्को पटक मत नपाइने बाचा पनि गर्न सक्दैन जनता । अनि भन्छ देश विकास भएन,अरे देशको विकास कसरी होस ? विकास गर्ने केन्द्र विन्दुमै उसकै नेता बसेको छ , जो आफ्नै दुनो सोझ्याउदै छ । अरुलाई हेर्ने अरुको समस्या सुन्ने उसलाई कहाँ फुर्सद हुन्छ त ?
नेपालमा हरेक पटक घुमेर फिरेर उहि दल उहि पार्टी र उहि मान्छे घुमेर फिरेर सत्तामा पुग्छ । अनि जनतामा रजाई गर्छ । कहिले नेका ठुलो पार्टी, कहिले माओबादी ठुलो पार्टी र कहिले एमाले ठुलो पार्टी रे । न आफु गर्ने न अरुलाई गर्न दिने र्पाटीहरु नै सत्तामा लडाई गर्न सम्म गर्छन , अब केहि सानो पार्टीहरुबाट आवाज उठ्यो,कुर्सी हल्लीने मोडमा पुग्यो तब ललीपपमा गुलियो चटाए झै साना पार्टीहरु लाई फकाई फुलाई गरेर भए पनि आफु अडिग रहने सत्तामा सधै नाचिरहने उदेश्य राख्छन् । सत्ता हत्याउने कुर्सीलाई आफ्नै ढाडमा बाधेर राख्ने बस । हरेक ठुलो पार्टी हरेक पटक ठुलो बन्नुको अर्को कारण हो उ पुजीबादी हुनु र चाहे जति पैसाको वर्षा गराउन सक्नु । चुनावको बेला आयोकी रातारात घरघरमा गएर पैसा बाडेका घटना एक बार होईन बार बारको चुनावमा बाहिरिएकै छन् । अझै मंसिरमा हुने केन्द्र र प्रादेशीक चुनावका लागि पनि त्यहि खेल हुदै छ । ठुलादलका नेताहरु अहिले देखिनै जनतालाई किन्ने मेलो मेसो मिलाउदै छन् ।

व्यापक जनता राजनीतिक रूपले सचेत र सङ्गठित नभएकै ले पूँजीवादी दलहरूले राज गरिरहेका हुन । जनता नत दलहरुको सिद्धान्त बुझ्न चाहान्छ नत विचारको आधारमा मतदान गर्न , गछनर्् त केवल चुनाव चिन्हको आधारमा । एका थरि जनतालाई चुनाव चिन्न प्यारो लाग्नु पर्यो भने अर्का थरिलाई घर खर्च चलेको हुनुपर्यो । सिद्धान्त र विचारको आधारमा राखेको मत परिपक्व मत हो । त्यस्ता सचेत मतदाताहरूको भोट कसैको लोभलालचमा फस्दैन, पैसामा बिक्दैन। वास्तवमै मतदाताले सिद्धान्त र विचारकै आधारमा मतदान गर्नुपर्छ । आफ्नो अमुल्य मतलाई पसुपंक्षी जस्तो विकाउ गर्नु हुदैन । पैसाको खोलो बगाएर डर त्रास धाक धम्की दिएर अथवा लोभ लालच देखाएर जितेका उम्मेदवारहरूले कसरी देश र जनताको सेवा गर्न सक्छन् ? अव त जनताले चेत्नै पर्ने बेला भएको छ । कुनै पनि राजनितिक दलको उम्मेदवार के जनताको सेवा गर्न सक्छ ? यस भन्दा पहिले उसले के गरेको छ । अहिले कसरी सेवामा लागेको छ । हरेक कुराको निक्र्यौल गरेर मात्रै योग्य उम्मेदवारलाई मतदान गर्नु पर्ने बेला आएको छ । जनता नजागे कसले जाग्ने जनताले नगरे कसले गर्ने ? जनता सचेत भएमा राजनिति स्थीर हुन्छ आर्थिक विकास हुन्छ । देशले नयाँ दिशा लिन्छ । अव यी सबै कुरामा जनताले चिन्तनमनन गर्नुपर्छ ।


जनताको सेवा नगरेका, जनताबीच नभिजेका दलका उम्मेदवार उठाउँदा या त्यस्ता उम्मेदवारलाई जिताउँदा कसरी असल जनप्रतिनिधि जित्छनन ? जो विद्धान हुदैन, जसलाई बोल्ने ढँग हुदैन, जो जनता विच जनताको सेवामा भिजेको हुदैन, जसले समस्या केहो समाधानको बाटो केहो भन्ने बुझ्दैन जसले आफ्नो र आफ्ना मात्रै सोच्ने गर्दछ त्यस्ताले कसरी निति निर्माण ऐनहरु लेख्न र पारितत गर्न सक्छन् ? जो कोहि अनपढ ठुलो तहमा पुग्दैमा संसारनै जितै झै गर्नेले जनताको दैलो चाहारेर मत माग्नेले तिनै जनतालाई चिन्दैन भने उसले गतिलो निति कसरी पारित गर्न सक्छ ? यदि सरकारमा रहेको पार्टीले देश र जनताको कुहितमा निति ल्यायमा पनि मौन रहने उम्मेदवार लाई केवल आफ्नो पद र पावरको मात्रै ध्यान दिने उम्मेदवारलाई जनताले जिताएमा कसरी देशको भलो हुन्छ ? मतदाताले जित्नेलाई होईन जिताउने, सहि सिद्धान्त सहि विचार बोकेका दलका नेता जसले आफ्नो भन्दा पनि देश र जनताको लागि आफ्नो जिवन अर्पण गरोस, जसले प्रत्यक गाँस गाँसमा भोका नाँगा जनताहरुलाई सम्झोस र उनिहरुको सुखमा आफ्नो सुख र उनिहरुको दु.खमा आफ्नो दु.ख महसुस गरोस त्यस्तालाई जिगाउनु पर्छ ।नामै चलेका ठुला दलका नेताहरुको चर्तिकला हामिहरुले देखि सकेका छाँै भोगी सकेका छाँै । तपाई हाम्रो गाउँमा, घर घरमा राजनिति गर्ने बाहिरको लाठिलाई छेक्न नसक्ने दलका दलेहरुलाई मतदान गर्नु हुदैन ् देशमा अनिकाल पर्यो महाविपत्ति पर्यो भने जनतानै जनताको सेवामा जुट्छन् भुकम्प नाकाबन्दी बाढी पहिरो जस्ता महाविपत्तिमा सरकार र पार्टीका पार्टेहरु भन्दा जनलहरबाट नै सहयोग भएको छ भने बकम्फुसे दलेहरुलाई किन सत्तामा जनताले पाल्ने ? पाल्नै परेमा योग्य र सभ्य राजनितिज्ञलाई पालौँ ।

नाकाबन्दीमा चुईक्क नबोल्ने, नेपालको संविधान संशोधन गर्न दबाब दिने र दबाब दिए पनि चुप लागेर बस्ने दललाई मतदान गर्नुहुँदैन । सरकारको नेतृत्व गर्ने नाउँमा जो कोहीसँग मिल्ने र सिद्धान्त र विचार नै पाखामा थन्काएर राजनीति गर्ने दललाई हामीले मतदान गर्नुहुँदैन ।  राजनितिमा जे पनि सम्भव छ भन्दै आज एक संग मिल्ने भोली अर्को संग मिल्ने आफ्नो आयु लम्ब्याउने सरकारका दलालहरु जनताले मलाई यो समस्या पर्यो लौ न केहि गर्नु पर्यो भन्दा उल्टै अर्कै ग्रह बाट आएको एलिएन झै सम्झेर बेमतलव गर्नेलाइ हामिले मतदान गर्नु हुदैन । अहिले खुबै मिठो चिल्ले भाषण गर्यो भन्दैमा चिफ्लिनु हुदैन । अहिलेको यो अभिव्यक्ति भन्दा यसअघि देश र जनताको पक्षमा सङ्घर्ष गरेको छ कि छैन, यस अघि दिएको अभिव्यक्ति अनुसार काम गरेको छ कि छैन यी सबै कुरा हेर्नुपर्छ । यस बारे सबै जनताले विचार गरेर सहि दलको सहि उम्मेदवारलाई मात्रै मतदान गर्नुपर्छ ।

कमला जोशी