Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

 पृथ्वी परिक्रमा यात्री सुवेदीलाई विमानस्थलमा सम्मान

Thursday, November 30, 2017 National Power

१४मङ्सिर, काठमाडौं – गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोलखा ग्रुपले एक भव्य कार्यक्रमको आयोजना गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रामबहादुर सुवेदीको पृथ्वी परिक्रमा अवार्ड अन्तर्गत युरोप भ्रमण सफलताको शुभकामना प्रदान गरेको छ । पृथ्वी परिक्रमा अन्तर्गत मंगलबारबाट बेलायतहुँदै वेल्स, स्कटल्याण्ड र वेल्जियम जान लागेका सुवेदीलाई एक कार्यक्रमबीच विदाइ गरिएको हो । कार्यक्रममा सुवेदीसँगै नेपाली चलचित्र क्षेत्रमा विगत दुई दशकदेखि लागि परेका विभिन्न चलचित्रकर्मीहरुलार्ई पनि सम्मान गरिएको थियो । दोलखा ग्रुपका महासचिव कुमार जिरेलले डेढ दर्जनभन्दा बढी ख्यातिप्राप्त कलाकारहरुलाई विश्वमै पहिलो पटक उडिरहेको जहाजभित्र, समुद्र मुनि, समुद्रमाथि र विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा नेपाली चलचित्रको अवार्ड आयोजना गरी विश्व कीर्तिमान राख्दै दोलखा जिल्लाको गौरब बनेको सुवेदीको यात्राको सफलताको कामना गरे । कार्यक्रममा ख्यातिप्राप्त कलाकार तथा चलचित्रकर्मीलाई पुराना तथा अनुभवी निर्देशक ज्ञानेन्द्र देउजा, गीतकार तथा नेपाल बैंकका नोट डिजाइनर सुन्दर श्रेष्ठ, प्रसिद्ध निर्माता वसन्तकुमार श्रेष्ठले चलचित्र सम्पादक तारा थापा किम्भे, चलचित्र सम्पादक नविन निरौला, चलचित्र निर्देशक प्रमोद भण्डारी, नृत्य निर्देशक राजकुमार दर्जी, निर्देशक अमर ओली, प्रसिद्ध हल व्यवसायी दुर्गालाल प्रधान, खल नायक गोकुल सुवेदी, हास्य कलाकार ज्याक श्रेष्ठ, पुराना निर्देशक राजु अधिकारी, पुराना सम्पादक मानबहादुर थापा, निर्माता तथा कलाकार कृषा चौलागाई, मोडल दीपा थापामगर, कलाकार सुन्दर श्रेष्ठ, सञ्चारकर्मी श्याम अर्याल, नृत्य निर्देशक अजय स्याङ्ताङ, निर्र्देशक अमर ओली, र सचित खड्कालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रसिद्ध नोट डिजाइनर सुन्दर श्रेष्ठले एउटा नेपालीको छोराको खाडी पछि युरोपमा हुन लागेको पृथ्वी परिक्रमा अवार्डले सार्थकता पाओस् भन्दै सुवेदीको सफल यात्राको शुभकामना दिए । त्यसैगरी वरिष्ठ निर्माता वसन्तकुमार श्रेष्ठले सुवेदीले नेपाली चलचित्र क्षेत्रमा निस्पक्ष र निरन्तर सभ्य र भव्य अवार्ड आयोजना गर्दै विश्व रेकर्ड नै राखेको कुरालाई प्रस्तुत गर्दै पृथ्वी परिक्रमा अवार्ड पनि ऐतिहासिह हुने विश्वास प्रकट गरे । त्यसैगरी पुराना निर्देशक ज्ञानेन्द्र देउजाले आफू हरेक बक्स अफिसको कार्यक्रममा सहभागीता जनाएको स्मरण गर्दै आज गिनिज वल्र्र्ड रेकर्डमा नाम लेखाएर देशको नाम राख्ने अवार्ड आयोजक सुवेदीको पृथ्वी परिक्रमा युरोपको टुर कार्यक्रममा अतिथि हुन पाउँदा गौरव महशुस भएको बताए । त्यसैगरी दोलखा ग्रुपका सुरेश पराजुली, आर्यन राउन, रविन थापा, राम थापाले दोलखाबाट आएर यस्तो शुभकार्यमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । पृथ्वी परिक्रमा अवार्ड यात्री सुवेदीले आफ्नो गृहजिल्लाबाट बुद्धिजिवीहरुले गरेको सम्मानबाट निकै गौरवान्वित महसुस भएको बताए । उनले आफूले अहिले मात्र नभएर पहिले देखि नै विभिन्न जोखिमपूर्ण तथा चुनौतीयुक्त अवार्ड कार्यक्रम आयोजना गरेको स्मरण गर्दै यो पृथ्वी परिक्रमा अवार्ड पनि सफल हुने र यसले नेपालको नाम विश्वमाझ परिचित गराउन महत्वपूर्ण हुने बताए । आफ्नो यात्रासँगै नेपाली चलचित्र क्षेत्रमा लामो योगदान पु¥याएका व्यक्तिहरुको आयोजक संस्थाले सम्मान गर्दा अझ रौरव महशुस भएको बताए । अवार्ड तथा सम्मान आयोजना गरेरै २० वर्षभित्र पृथ्वीको एक फन्को लगाउने सुवेदीले बताएका छन् ।