Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

प्रधानमन्त्री देउवा भन्छन् :”कम्युनिष्टलाई विदेशीले पत्याउँदैनन्”

Wednesday, November 29, 2017 National Power

१३ मंसिर, पोखरा  – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ रु भनेर प्रश्न गरेका छन् ।

बुधबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए ।विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उनको दाबी छ ।

कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए ।कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै उनले भोट हाल्नुअघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र निक्र्यौल गर्न आग्रह गरे ।