Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रधानमन्त्री देउवा भन्छन् :”कम्युनिष्टलाई विदेशीले पत्याउँदैनन्”

Wednesday, November 29, 2017 National Power

१३ मंसिर, पोखरा  – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन् । कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि आउँछ रु भनेर प्रश्न गरेका छन् ।

बुधबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए ।विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उनको दाबी छ ।

कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा भन्ने गम्भीर मोडमा उभिएको बताए ।कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै उनले भोट हाल्नुअघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र निक्र्यौल गर्न आग्रह गरे ।