Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

‘प्रचण्ड’ माडी पुग्दा बाँदरमुढे पीडित उच्च निगरानीमा

Sunday, November 26, 2017 National Power

१० मंसिर, चितवन  – चितवन क्षेत्र नं.३ बाट प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मैदानमा उत्रिएपछि माडीका बाँदरमुढे पीडित उच्च निगरानीमा परेका छन् ।

प्रचण्ड माडी पुग्दा जहिल्यै पनि बाँदरमुढे पीडितलाई उच्च निगरानीमा राख्ने गरिएको छ । आज विहानै माडी पुगेका प्रचण्डलाई बाँदरमुढे पीडितले कालो व्यानर राखेर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । सुरक्षा संयन्त्र र माओवादीको भातृ संगठन वाईसिएलको उच्च निगरानीपछि उनीहरुले बिरोध प्रदर्शन गर्न सकेनन् ।


बाँदरमुढे घटना पीडितका अनुसार प्रचण्ड माडी आउनसाथ पीडितहरुलाई सुरक्षा संयन्त्रले घेर्ने गरेको छ । स्थानीय स्तरका माओवादीका नेता तथा कार्यकर्ताहरुले पीडितहरुलाई प्रचण्डविरुद्ध बोले मार्ने सम्मको धम्की दिने गरेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका सह–संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनले भने–“हिजो नारायण दाहालसंग छलफल भएको थियो, छलफलमा दाहालले माओवादीले दिने न्याय स्वीकार्न अनुरोध गर्दा हामी मानेनौं, कानुनले दिने न्याय मात्र हामी मान्न तयार छौं ।”

लगत्तै दाहाल बाहिरिएपछि आफूहरुलाई शसस्त्र र वाईसिएल कार्यकर्ताले उच्च निगरानीमा राखेपछि सबै परिवार त्रसित बनेको बताए । “हामीलाई जहिल्यै पनि डर, त्रास, धम्की देखाउँदा माडीमा बस्न सक्ने अवस्था छैन, सबै परिवार, आफन्त नै चिन्तित छन्”–अधिकारीले भने । अधिकारी बाँदरमुढे घटनामा स्वंम घाईते भएका थिए ।

यस्तै घटनाका पीडितहरुसंग केन्द्रीय नेतृत्वले भेट्न खोजेपनि स्थानीय स्तरका कार्यकर्ताले भेट्न नदिने गरेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका सदस्य सुदिप न्यूरेले बताए । उनले माओवादी ९केन्द्र०का स्थानीय नेता, कार्यकर्ताको मानसिकता नै स्थानीय स्तरमै दबाएर राख्न सकिने भएकाले अहिलेसम्म समस्या समाधान हुन नसकेको बताए । न्यूरेले भने–“हामी प्रचण्डसंगै बसेर छलफल गर्न तयार छौं, तर स्थानीय नेता, कार्यकर्ता बाधक बनेका छन् ।”