Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा

Wednesday, November 22, 2017 National Power

६ मंसिर, चरिकोट – दोलखाका पूर्व सांसद तथा सङ्घीय समाजवादी पार्टीका वरिष्ठ नेता जीतवीर लामाले प्रदेश सभा निर्वाचनमा नेकपा मालेका तर्फबाट दोलखा प्रदेशसभा ख का उम्मेदवार लालकुमार केसीलाई समर्थन गर्र्दै सबै प्रकारले सहयोग गर्ने घोषणा गरेका छन् ।

लामाले दोलखा सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन गरि निर्वाचनमा सहयोगको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै लामाले दोलखामा एमालेको नेतृत्त्व तह र केन्द्रीय तहका नेताहरुबाट क्षेत्र नं .२ का जनतामाथि लादिएको अन्यायपूर्ण निर्णयको अवज्ञा गर्नको लागि केसीलाई समर्थन र सहयोग गरेको बताए । दोलखा एमालेका संस्थापक नेता लालकुमार केसी अन्यायमा परेको भन्दै लामाले ईमान्दार नेताहरुलाई पाखा लगाउनु एमालेको पतन र सर्वनाशको बिन्दुको प्रारम्भ भएको बताए । हिजो ईमान्दार नेता कार्यकर्तालाई पाखा लगाउँदा जसरी माओवादीको पतन भएको थियो त्यसरी एमाले पतनको सुरुवात भएको बताउँदै लामाले एमाले पार्टीको नेतृत्त्व र प्रभुत्व वर्गले दोलखा क्षेत्र नं. २ स्रोत साधनलाई आफ्नो हातमा लिएर यहाँको प्राकृतिक एवम् मानवीय सम्पदा माथि दोहन गरिरहेको आरोप लगाए । उनले यस क्षेत्रमा जस्ले जितेपनि क्षेत्र नं. २ कै भूमिपुत्रले जित्नुपर्ने समेत बताए ।

लामाले नेकपा मालेको हँसिया तारा चिन्हमा भोट हालेर केसीलाई जिताउन अपिल गर्दै केसी जिल्ला विकास समिति दोलखाको सभापति हुँदा बनाएको ‘जलशक्ति, पर्यटन, बन, कृषि र बाली–शिक्षा, स्वास्थ्य र यातायातले समुन्नत दोलखाली’ भन्ने नारालाई मुर्त रुप दिन केसीलाई जिताउन आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा नेकपा मालेका उम्मेदवार लालकुमार केसीले आफू दोलखा एमालेको संस्थापक पार्टी प्रमुख भएको र आफ्नो कार्यकालमा कसैलाई लाखापाखा नगरेको बताए । आफूले व्यक्तिगत स्वर्थको लागि पार्टी छाडेर चुनावमा उठेको नभई जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्नको लागि उम्मेदवारी दिएको बताए । लामाको समर्थन ले केसी लाई चुनावमा थप बल पुग्ने जानकारहरु बताउँछन् ।