Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विभिन्न पार्टीका नेता तथा कार्यकर्ता चुनावी दौडमा

Tuesday, November 21, 2017 National Power

५ कार्तिक,काठमाण्डौ – प्रदेश सभा र प्रतिनिधिसभाको चुनावको प्रचार प्रसारका लागि यतिवेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी अभियानमा जनताको घरदैलो कार्यक्रममा जुटेका छन् ।  उनिहरु जनतालाई आफ्नो पार्टीलाई भोट माग्न विभिन्न पार्टीका वरिष्ठ देखि कनिष्ठ नेता तथा कार्यकताहरु आफ्ना उम्मेदवारलाई भोट माग्न चुनावी मैदानमा होमिएका छन् ।

देशव्यापिरुपमा नेता तथा कार्यकर्ताहरु चुनावी अभियानमा जुटीरहदा नेकपा (माले) र जनसमाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनले पनि आफ्ना सम्पुर्ण चुनावी कार्यक्रमहरुलाई तिव्रता दिन थालेको छ ।  नेकपा मालेका नेता सी.पी मैनाली,सुवास राज काफ्ले लगायतका ठुल्ठुला नेताहरु चुनावी कार्यक्रममा आफ्ना कार्यकर्ताहरुलाई सघाउन उनिहरु संगै घरदैलोमा हिडिरहेका छन् ।

चुनावी कार्यक्रम अन्तर्गात आज काठमाण्डौका विभिन्न स्थानमा चुनावी प्रचार प्रसार कार्यक्रम आयोजना गरेको छ । यहि मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदै छ ।