५ कार्तिक,काठमाण्डौ – प्रदेश सभा र प्रतिनिधिसभाको चुनावको प्रचार प्रसारका लागि यतिवेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी अभियानमा जनताको घरदैलो कार्यक्रममा जुटेका छन् । उनिहरु जनतालाई आफ्नो पार्टीलाई भोट माग्न विभिन्न पार्टीका वरिष्ठ देखि कनिष्ठ नेता तथा कार्यकताहरु आफ्ना उम्मेदवारलाई भोट माग्न चुनावी मैदानमा होमिएका छन् ।
देशव्यापिरुपमा नेता तथा कार्यकर्ताहरु चुनावी अभियानमा जुटीरहदा नेकपा (माले) र जनसमाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनले पनि आफ्ना सम्पुर्ण चुनावी कार्यक्रमहरुलाई तिव्रता दिन थालेको छ । नेकपा मालेका नेता सी.पी मैनाली,सुवास राज काफ्ले लगायतका ठुल्ठुला नेताहरु चुनावी कार्यक्रममा आफ्ना कार्यकर्ताहरुलाई सघाउन उनिहरु संगै घरदैलोमा हिडिरहेका छन् ।
चुनावी कार्यक्रम अन्तर्गात आज काठमाण्डौका विभिन्न स्थानमा चुनावी प्रचार प्रसार कार्यक्रम आयोजना गरेको छ । यहि मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदै छ ।