Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

निर्वाचनमा यस्ता छन् चुनाव चिह्न

Friday, November 17, 2017 National Power

१ मंसिर,काठमाण्डौ – आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन् । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १३८ तथा प्रदेशसभाको निर्वाचनका लागि ५० वटा निर्वाचन चिह्न प्रयोग गरिएको निर्वाचन आयोगका कानून शाखाका शाखा अधिकृत धमचन्द्र तिमिल्सेनाले जानकारी दिए।

निर्वाचनमा प्रतिनिधिसभाका लागि राजनीतिक दलतर्फ ९० र स्वतन्त्र उम्मेदवारलाई ४८ तथा प्रदेशसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारका लागि ५० चुनाव चिह्न प्रयोग गरिएको छ । आयोगमा दर्ता भएका ९० राजनीतिक दललाई प्रतिनिधि र प्रदेशसभाका लागि एउटै निर्वाचन चिह्न दिइएको छ भने स्वतन्त्रतर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवार बनेकाका लागि आयोगले विभिन्न निर्वाचन चिह्न प्रदान गरेको छ ।

विभिन्न चार मतपत्रमा ती चुनाव चिह्न उम्मेदवारलाई प्रदान गरिएको छ। आयोगले चुनाव चिह्नलाई प्रदेशअनुसार उम्मेदवारलाई दिई मतपत्र तयार पारेको छ। निर्वाचनमा प्रयोग हुने चुनाव चिह्न औजारदेखि तरकारीसम्म राखिएको छ। प्रतिनिधिसभाका लागि राजनीतिक दललाई गोरुगाडाको चक्का, चुच्चोले चिठी बोकेर उड्न लागेको परेवा, हातमा धानको बाला, कुखुराको भाले, थपडी बजाएको जोडा हात, पृथ्वीलगायत चुनाव चिह्न रहेका छन् । आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई प्रेमलाई चिनाउन ९हृदय० चुनाव चिह्न दिइएको छ । निर्वाचनमा जनावर, फलफूल, चरा, मेसिनलाई पनि चुनाव चिह्न राखिएको छ ।

चरामा सुगा, डाँफे, परेवा, चल्ला लाटोकोसेरो चुनाव चिह्न छन् भने जनावरमा हात्ती, भेडा, माछा, घोडा, कछुवा, बाघ, बाख्रोलगायत रहेका छन् भने फलफूल तथा तरकारीमा केरा, अनार काउली, मकै, भुइँकटहरलगायत छन् । यसैगरी राजनीतिक दलबाट प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकका लागि पीपलको पात सुकुन्दा, तारापुञ्ज, दुई थुङ्गा सयपत्रीको फूल, बच्चा काखमा लिएकी आमा, दौडिरहेको युवक, खड्ग, गाग्री बोकेकी महिला, चियादानी, तारापुञ्जलगायतका चुनाव चिह्न प्रयोग गरिएको छ ।

राजनीतिक दलबाट उम्मेदवार दिएका प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्न रहेका छन् भने स्वतन्त्रतर्फबाट उम्मेदवार दिएकाका लागि भने फरक चुनाव चिह्न आयोगले प्रदान गरेको छ । स्वतन्त्रतर्फका लागि चियाको पात, माहुरी, जोडा नरिवल, कुचो, गुलाफको फूल, जोडी चप्पल, डाडुपन्यू, फिरफिरे, हार्मोनियमजस्ता ४८ वटा चुनाव चिह्न प्रदान गरिएको छ । यसैगरी प्रदेशतर्फका स्वतन्त्र उम्मेदवारलाई कपाल कोर्ने ब्रस, पेन्सिल कटर र सिसाकलम, पेन्टिङ बुरुस, मोबाइल फोन, मयूरको प्वाँख, बोक्रा छोडाएको केरा, जाँतो, जिपर, काउली, लुगा झुण्डाउने ह्याङ्गर, चुलेसी प्रयोग गरिएको छ ।

उस्तै उस्तै चुनाव चिह्न

यस्तैगरी एउटा आँखा र दुई वटा आँखालाई पनि चुनाव चिह्न दिइएको छ । नयाँ शक्ति नेपाललाई एउटा देब्रे आँखा भएको र नेपाल लोकतान्त्रिक जनता कांग्रेसलाई दुई वटा आँखा चुनाव चिह्न दिइएको छ। नेकपा ९माले० र जनसमाजवादी पार्टीलाई हँसिया तारा र नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०लाई हँसिया उस्तै उस्तै चुनाव चिह्न प्रदान गरिएको छ । प्रतिनिधिसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारलाई भँगेरा र लाटोकोसेरो तथा नेपाली कांग्रेस ९बिपी०को करुवा र अखण्ड सुदूरपश्चिम पार्टी नेपालको चियादानी पनि उस्तै प्रकारका चुनाव चिन्ह रहेका छन्।