Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दुव्र्यसनसम्बन्धी सन्देश दिन ‘जुभेनियल’

Wednesday, November 15, 2017 National Power

२९ कात्तिक,काठमाडौँ –  लागूऔषधको दुव्र्यसनबाट समाजमा युवा युवतीलाई पार्ने समस्याबारे सन्देश दिने उद्देश्यले ‘जुभेनियल’ नामक चलचित्र निर्माण सम्पन्न भएको छ ।मुलुकका कर्णधारका रुपमा लिइएका युवा वर्गले विभिन्न कारण र परिवेशले गर्दा दुव्र्यसनको सिकार हुनपरेको बाध्यता तथा घर परिवारमा अभिभावकलाई परेको असरबारे समेटेर सो चलचित्र निर्माण गरिएको हो ।

करिब एक घण्टा लामो सो चलचित्र छोटा चलचित्रको वर्गीकरणमा राखिएको छ । चलचित्रमा विद्यालय र कलेजका विद्यार्थी बढी प्रभावित भएको सन्देश दिइएको छ ।

‘ड्रिम वल्र्ड अफ फिल्म मेकर’ ब्यानरमा निर्देशक सवनम मुखियाले निर्देशन गरेको उक्त चलचित्रमा दुव्र्यसनबाट गरिब, धनी दुवै वर्गमा समस्या देखिएको कथालाई चलचित्रमा समावेश गरिएको छ ।अभिभावकले आफ्ना बालबालिकालाई उचित रेखदेख पु¥याउन नसकेमा पनि उनीहरु दुव्र्यसनमा फस्न सक्ने र त्यसबाट बाहिर निस्कनका लागि विभिन्न पुनःस्थापना केन्द्रमा आवश्यक अभ्यास गर्नुपर्ने शिक्षा दिइएको छ ।

विभिन्न चलचित्रका माध्यमबाट अन्तरराष्ट्रिय तहका पुरस्कार प्राप्त गरिसक्नुभएकी मुखियाले युवालाई राम्रो शिक्षा दिने र सिर्जनशीलतामा व्यस्त गराउने कार्यमा राज्यले ध्यान दिनसकेमा उनीहरु वैज्ञानिक, अनुसन्धानकर्ता, राष्ट्रसेवकलगायतका माध्यमबाट सामाजिक रुपान्तरणमा सक्रिय हुने बताउनुभयो ।उहाँले उनीहरुलाई नराम्रो संगतको प्रभावले दुव्र्यसनतर्फ उन्मुख गराउने र त्यसका दुष्परिणामले समाजको चौतर्फी विकासमा बाधा पु¥याउने शिक्षा चलचित्रमा रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यकाका निजी तथा सामुदायिक विद्यालय तथा केही कलेजमा आगामी मंसिरमा च्यारिटी शो गरिने निर्माता माधव पौडेलले जानकारी गराउनुभयो ।