Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भारतसँग कुरा गर्नुपर्यो भने देउवालाई चार पटक चस्मा मिलाउनु पर्छ : ओली

Thursday, November 9, 2017 National Power

२३ कार्तिक,काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब मुलुकले धेरै झेल्न नसक्ने बताएका छन् । उनले भारतसँग कुरा गर्नुपर्यो भने प्रधानमन्त्री देउवालाई चार पटक चस्मा मिलाउनुपर्ने बताउँदै भने,‘पाँचपटक दौरा मिलाउनुपर्छ, यस्तो प्रधानमन्त्रीलाई मुलुकले अव धेरै झेल्न सक्दैन । मंसिरको तेस्रो हप्तासम्म पर्खनुस् ।’

विकास र समृद्धिका लागि एमालेबाहेक कुनै विकल्प नभएको उनको भनाई थियो । बिहीबार काठमाडौंमा नेपालको सवैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई एमालेमा समाहित गराउँदै अध्यक्ष ओलीले इतिहासका गौरवपूर्ण विरासत एमालेसँगै रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशको हितमा काम गर्ने सरकार नभएकाले नेपाली नागरिक निसासिनु परेको गुनासो पोखे । उनले भने,‘भारतीय सीमाक्षेत्रमा अहिले एक महिनाअघि देखिका मालवाहक गाडी र ट्यंकर नेपाल भित्रिन लाइन लागेर बसेको तर, त्यस विषयमा सरकारले भारतसँग कुरा गर्न सकेको छैन।’

‘नेपाल आउनु पर्ने ट्यांकर एक महिनादेखि सीमापारी लाइन लागेर बसेका छन्, हाम्रा प्रधानमन्त्री भारतसँग यस विषयमा कुरा गर्न सक्दैनन्’ ओलीको भनाई थियो, ‘भारतसँग कुरा गर्नु पर्यो भने, चार पटक चस्मा मिलाउनु पर्छ, पाँच पटक दौरा मिलाउनु पर्छ, यस्तो प्रधानमन्त्रीलाई मुलुकले अव धेरै झेल्न सक्दैन । मंसिरको तेस्रो हप्तासम्म पर्खनुस् ।’