Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सांग्रिला डेभलपमेण्ट बैँक चौधौँ वर्षमा प्रबेश

Thursday, November 2, 2017 National Power

१६ कार्तिक,काठमाण्डौ -सांग्रिला डेभलपमेण्ट बैक आफ्नो स्थापनाको १३ वर्ष पुरा गरेर १४ औँ वर्षमा प्रवेश गरेको छ ।

सोहि अवसर पारेर केन्द्रिय कार्यलय काठमाण्डौका सञ्चालक चुणमणी ढकाल,निरन कुमार श्रेष्ठ,प्रमुख कार्यकारी अधिकृत राजेनद्र पौडेल,नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली लगायतले काठमाण्डौको कालीमाटीमा रहेको आमा घरमा गई खाद्यन्न तथा ग्यास वितरण गरेका छन् ।


त्यसैगरि बैकको क्षेत्रीय कार्यलय पोखराका अध्यक्ष प्रा.डा रविन्द्र श्रेष्ठ,सञ्चालक सिवलाल मल्ल,पुर्व अध्यक्ष प्रा. शुरेन्द्र बहादुर भारीजु लगायतले पोखरा स्थित राधाकृष्ण बृदाआश्रमका बृद्धबृद्धाहरुलाई न्यानो लत्ताकपडार खाद्यन्न वितरण गरेका छन ।
साथै क्षेत्रीय कार्यलय नेपालगञ्जका पदाधिकारीहरुले पनि निल सागर तथा भेरी बृद्धाआश्रममा गई बृद्धबृद्धाहरुलाई लत्ता कपडा तथा खाद्यन्न वितरण गरेका छन् ।

बैकले आर्थिक वर्ष २०७३—७४ को निक्षप संकलन १३ अर्व ८७ करोड तथा कर्जा प्रवाह ११ अर्व ६७ करोड गरी सञ्चालन मुनाफा ५४ करोड ८८ लाख आर्जन गरेको छ । साथै १३ ओटा शाखा,१ ऐक्सटेन्सन नम्बर र ६ ओटा लघुवित्तशाखाहरु सञ्चालन गरी आफ्नो क्षेत्र विस्तार गरेको छ ।
आफ्नो १४ औ वर्ष प्रवेसको खुसीयालीमा सम्पुर्ण ग्रहक तथा सुभचिन्तकहरुलाई सुभकामना प्रदान गरेको छ ।