Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विमलेन्द्र निधी र राजेन्द्र महतोबिचको लडाईले गर्दा लोकतान्त्रिक गठबन्धन धरापमा

Thursday, November 2, 2017 National Power

१६, काठमाण्डौ,कात्तिक – नेपाली कांग्रेसका नेता डा।प्रकासशरण महतले मधेशमा राजपा–फोरमसँग चुनावी तालमेल हुन नसके पनि स्वस्थ प्रतिस्पर्धा गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले सोचे अनुसार तालमेल हुन नसकेको बताउँदै स्वस्थ प्रतिस्पर्धामा उत्रिने सहमति भएको बताए ।


बुधबार अबेरसम्म भएको छलफलले निष्कर्ष निकाल्न नसकेपछि राजपाका नेताहरुले कांग्रेससँगको तालमेल असम्भव रहेको अभिव्यक्ति दिएका थिए । वाम गठबन्धन बनेपछि लोकतान्त्रिक गठबन्धन बनाउने भन्दै अघि सरेको कांग्रेसले अरु दललाई हैसियत अनुसार सिट दिन नमानेपछि लोकतान्त्रिक गठबन्धन कमजोर बनेको आरोप लगाइएको छ ।

राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने भएपछि तालमेल धरापमा परेको हो । कांग्रेसले सोही क्षेत्रबाट विमलेन्द्र निधीलाई उठाउने भएपछि महतोलाई छाड्न आग्रह गरेको थियो ।
महतोले भने गठबन्धनका नाममा एक महिनासम्म वार्ता गर्दा पनि कांग्रेसले सहमति नगरेको र उसले एकतर्फी रुपमा उम्मेदवार घोषणा गरेको आरोप लगाएका छन् ।

राप्रपा र राप्रपा प्रजातान्त्रिकसँगको तालमेल पनि सोचेअनसार मजबुत हुन सकेको छैन । कतिपय क्षेत्रमा तालमेल गर्ने भनि छलफल चलाइए पनि अन्तिममा कुरा मिल्न नसक्दा एक्लाएक्लै उम्मेदवार उठाएका छन् । कांग्रेसले प्रतिनिधीसभाका लागि दुइवटै राप्रपालाई प्रतिनिधीसभातर्फ ४–४ वटा सिट दिने गरी तालमेल गरेको छ ।
राप्रपा प्रजातान्त्रिकको भागमा सिन्धुपाल्चोकको क्षेत्र नम्बर २, जहाँ पशुपतिशमशेर राणाले चुनाव लड्दैछन् । त्यस्तै, धनकुटा, रुपन्देही ३ र चितवन ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ । कमल थापा नेतृत्वको राप्रपाले काठमाण्डौ ७, दैलेख, बाँके २ र मकवानपुरमा तालमेलका आधारमा उम्मेदवार बनाउने भएको छ ।