Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

उत्तर कोरियालाई ३ देशको यस्तो चेतावनी

Tuesday, October 31, 2017 National Power

१४ कार्तिक,काठमाण्डौ – अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीले परमाणु खस्त्र निर्माण गर्ने विध्वांसात्मक र लापरबाहपुर्ण बाटोमा नहिँड्न उत्तर कोरियालाई चेतावनी दिएका छन् । अमेरिकाको हवाईथित अमेरिकी प्यासिफिक कमान्डरको मुख्यालयमा आईतबार भएको बार्तापछि ३ देशको अधिकारीले संयुक्त रुपमा प्योङयाङलाई चेतावनी दिएका छन् ।

वार्तामा उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमले उत्पन्न सुरक्षा चुनौतीबारे छलफल भएको थियो । अमेरिकी सेनाले जारी गरेको विज्ञप्तीम उत्रर कोरियालाई गैरजिम्मेवार र उक्साहटपुर्ण गतिविध रोक्न आग्रह गरिएको छ । केही दिनअघि मात्रै अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकाले मरमाणु शक्ति सम्पन्न उत्रर कोरिया कहिल्यै स्वीकार नगर्ने बताए ।

उत्तर कोरियाकी कुटनीतज्ञ च्वे सनहीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पनन राष्ट्रका रुपमा स्वीकार्न अमेरिका तयार हुनुपर्ने बताएपछि म्याटिसले उक्त प्रतिक्रिया दिएका थिए ।