Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

उत्तर कोरियालाई ३ देशको यस्तो चेतावनी

Tuesday, October 31, 2017 National Power

१४ कार्तिक,काठमाण्डौ – अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीले परमाणु खस्त्र निर्माण गर्ने विध्वांसात्मक र लापरबाहपुर्ण बाटोमा नहिँड्न उत्तर कोरियालाई चेतावनी दिएका छन् । अमेरिकाको हवाईथित अमेरिकी प्यासिफिक कमान्डरको मुख्यालयमा आईतबार भएको बार्तापछि ३ देशको अधिकारीले संयुक्त रुपमा प्योङयाङलाई चेतावनी दिएका छन् ।

वार्तामा उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमले उत्पन्न सुरक्षा चुनौतीबारे छलफल भएको थियो । अमेरिकी सेनाले जारी गरेको विज्ञप्तीम उत्रर कोरियालाई गैरजिम्मेवार र उक्साहटपुर्ण गतिविध रोक्न आग्रह गरिएको छ । केही दिनअघि मात्रै अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकाले मरमाणु शक्ति सम्पन्न उत्रर कोरिया कहिल्यै स्वीकार नगर्ने बताए ।

उत्तर कोरियाकी कुटनीतज्ञ च्वे सनहीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पनन राष्ट्रका रुपमा स्वीकार्न अमेरिका तयार हुनुपर्ने बताएपछि म्याटिसले उक्त प्रतिक्रिया दिएका थिए ।