Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जिम्बावेको सुदृढ ब्याटिङ

Tuesday, October 31, 2017 National Power

१४ कार्तिक –  ह्यामिल्टन मासाकाड्जाले शतकीय इनिङ खेलेसँगै जिम्बावेले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा राम्रो योगफल खडा गरेको छ । ओपनर मासाकाड्जाले १ सय ४७ रन जोडेपछि जिम्बावेले पहिलो इनिङमा ३ सय २६ रन जोड्यो । उनले २ सय ४० बल खेल्दै १६ चौका र २ छक्का प्रहार गरे । मध्यक्रमका ब्याट्सम्यान सिकन्दर राजाले ८० रनको योगदान दिए ।

अघिल्लो दिन पिटर मुरले ५२ रन बनाए । वेस्ट इन्डिजका केमार रोचले ३ तथा सेनन ग्याब्रिएल र देवेन्द्र बिसुले २–२ विकेट लिए । रसेल चेज र क्रेग ब्रेथवेटले पनि १–१ विकेट हात पारे ।

घरेलु टोली १ सय १० औं ओभरमा अलआउट भएपछि वेस्ट इन्डिजले दोस्रो दिनको खेल सकिँदा आफ्नो पहिलो इनिङको ४९ ओभर ब्याटिङ गर्‍यो । निकै सम्हालिएर ब्याटिङ गरेको उसले १ विकेट गुमाई ७८ रनमात्र बनायो । दिनको खेल २ ओभर बाँकी हुँदा ओपनर क्रेग ब्रेथवेट जिम्बावेका कप्तान ग्रेम क्रिमरको बलमा क्याचआउट भए । उनले १ सय ६० बल खेलेर ३२ रन जोडे । अर्का ओपनर किरन पावेल ४३ रनमा अविजित छन् ।