Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

एकैपटक ३०२ जना इन्सपेक्टरको सरुवा 

Monday, October 30, 2017 National Power

१३ कात्तिक, काठमाडौं – निर्वाचन आचारसंहिता लागेको बेला सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको उल्लेख छ । कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।