Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

एकैपटक ३०२ जना इन्सपेक्टरको सरुवा 

Monday, October 30, 2017 National Power

१३ कात्तिक, काठमाडौं – निर्वाचन आचारसंहिता लागेको बेला सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको उल्लेख छ । कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।