Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

उम्मेदवार चयनको अन्तिम कसरतमा दलहरु, बाम र लोकतान्त्रिकको गृहकार्य जारी

Sunday, October 29, 2017 National Power

१२ कात्तिक, काठमाण्डौ – आगामी चुनावका लागि सबैजसो दलहरु उम्मेदवार छनौटलाई अन्तिम रुप दिने तयारीमा छन् । लोकतान्त्रिक र वाम दुवै गठबन्धनमा आवद्ध दलहरु उम्मेदवार चयनलाई टुङ्ग्याउन छलफलमा जुटेका हुन् । लोकतान्त्रिक गठबन्धनले आजै टुङ्गो लगाउने भएको छ । गठबन्धनभित्रका दलहरु नेपाली कांग्रेस, राजपा, फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिक गृहकार्यमा जुटेका छन् ।

दुई दलले संयुक्त रुपमा प्रदेश नम्बर २ मा ६०–४० को भागबण्डा लगाउनुपर्ने माग कांग्रेससँग गरिरहेका छन् ।प्रदेश नम्बर २ मा प्रदेशसभातर्फ फोरमले ३३ र राजपाले ३१ सिट लिने सहमति भएको छ । त्यस्तै प्रतिनिधीसभामा फोरमले १७ र राजपाले १५ सिटमा उम्मेदवार उठाउने सहमति गरेका छन् ।

राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि उम्मेदवार चयनको गृहकार्यमा छन् । आज दिनभरमा लागकतान्त्रिक गठबन्धनले सहमति जुटाउने गरी छलफल गरिरहेको छ । त्यसैगरी बाम गठबन्धनले पनि आजै उम्मेदवार टुङ्ग्याउने गरी छलफल गरिरहेको छ । एमाले र माओावदीको छुट्टाछुट्टै र संयुक्त बैठक आजै हुँदैछ । वाम गठबन्धनले ५ जिल्लाको १३ सिट बाडफाँट गर्न बाँकी छ । बाँकी सिट पनि आजै टुङ्ग्याउने छन् ।