Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चालकसँग पैसा उठाएपछि थानकोटमा ट्राफिकको सेट नै परिवर्तन

Saturday, October 28, 2017 National Power

११ कार्तिक,काठमाडौं– उपत्यका भित्रिने सवारी साधनको कागजातमा त्रुटी भेटिएपनि पैसा लिएर छाडेको फेला परेपछि थानकोट र नागढुंगाको ट्राफिक प्रहरीको सेट नै परिवर्तन गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोटका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बगाले सहितको टिमलाई महाशाखामा तानेको छ । त्यस्तै नागढुंगा प्रभागबाट पनि पुरानो टिम परिवर्तन गरेर प्रनानि सुरेश ठाकुरको कमाण्डमा नयाँ टोली पठाइएको महाशाखाले जनाएको छ ।

महाशाखाबाट खटिएको प्रहरी टोलीको छड्के जाँचका क्रममा चालकसँग घुस लिँदालिँदै समातिएका प्रहरी सहायक निरीक्षक चुडामणी पोखरेल, जवान रण बहादुर माल र जालन्धर बास्तोला लाई निलम्बन गरेको बताइएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले ट्राफिक प्रहरीको आचरण विपरीत काम गरेको भेटिएपछि एक असई सहित तीन जनालाई निलम्बन गरिएको पुष्टि गरेका छन् ।

‘आचरण विपरित काम गरेको पाइएको छ’ एसएसपी रञ्जितकारले भने, ‘थानकोट र नागढुंगा दुवै स्थानमा नयाँ टिम पठाइएको छ ।’
काठमाडौं भित्रिने मुख्य नाका हुनाले थानकोट र नागढुंगा ट्राफिक प्रहरीका लागि आकर्षक पोष्टिङ मानिन्छ ।

महानगरीय ट्राफिक वृत्त कोटेश्वरले मादक पदार्थ सेवन गरेको फेला परेपछि नियन्त्रणमा लिएको मोटरसाइकललाई बिना कारवाही छोडेको छ ।शुक्रवार राती कोटेश्वर चोकमा जाँच गर्दा मापसे सेवन गरेको भेटिएपनि वृतका इन्सपेक्टर मनोज शाहीले शनिवार बिहानै बा ५२ प १७१९ नम्बरको मोटरसाइकल छाडेका हुन् ।उक्त मोटरसाईकलका चालक मनोज खड्काले मापसे गरेको भेटिएपछि ड्युटीका प्रहरीले नियन्त्रण लिएपनि माथिबाट कल आएको भन्दै बिना कारबाही एकाविहानै इन्सपेक्टरको आदेशले छाडेको एक प्रहरीले जानकारी दिए ।