Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

बिर्तामोडका डीएसपी जिल्ला तानिए, कर्फ्यु यथावत

Saturday, October 28, 2017 National Power

११ कात्तिक, झापा – बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ ।

स्थानीयले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको हत्या भएको दाबी गर्दै आएका छन् । घटनाको छानविनमा डीएसपी सिलवालको भूमिकाप्रति उनीहरुले प्रश्न उठाउँदै आएका थिए । सिलवाललाई जिल्ला तानिएपछि उनको ठाउँमा डीएसपी जितेन्द्र बस्नेतलाई बिर्तामोड पठाइएको छ ।

राजनीतिक दल र प्रजिअको बैठक

इप्रका अनारमनीका डीएसपी बस्नेतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अहिले कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र स्थानीयबीच बैठक जारी छ । यसअघि शुक्रबार झडपको घटनालगत्तै बसेको बैठकले स्थितिलाई शान्तिपूर्ण बनाउन समन्वय गर्ने, घाइते परिवारका लागि क्षतिपूर्ति दिलाउन पहल गर्ने र उनीहरुको निःशुल्क उपचार गराउने व्यवस्था गर्ने निर्णय गरेको डीएसपी बताए ।

एकको अवस्था गम्भीर, बिर्तामोड सुनसान

घटनामा गोली लागी घाइते भएका एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलामको माई नगरपालिका(१ का मणि नेपालीको अवस्था गम्भीर रहेको जनाइएको हो । उनको बिराटनगरस्थित बिराट नर्सिङ होममा उपचार भइरहेको छ ।घटनामा गोली लागी घाइते भएका एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलामको माई नगरपालिका(१ का मणि नेपालीको अवस्था गम्भीर रहेको हो

घटनाको विषयमा थप छानबिन गर्न गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति समेत गठन भएको छ ।
बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् ।स्थितिलाई थप भड्किन नदिनका लागि स्थानीय प्रशासनले शनिबार पनि बिर्तामोडमा कर्फ्यू लगाएको छ । कर्फ्यूका कारण शनिबार बिर्तामोड बजार सुनसान देखिएको छ ।