Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

 छठ समापन 

Friday, October 27, 2017 National Power

१० कार्तिक,काठमाण्डौ – चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ शुक्रबार बिहानदेखि सकिएको छ । बिहान जलासय किनारमा पुजन सामग्रीसहित भेला भएर उदाइरहेको सूर्यलाई अर्घय दिएपछि महापर्वको समापन भयो । यसलाई भोरका घाट वा भोरका अर्घय भनिन्छ ।

तराई मधेसमा विशेष महत्त्वका साथ मानिने छठ अहिले काठमाडौंसहित सबै भागमा उत्तिकै श्रद्धासाथ मानिन्छ । काठमाडौंको गुहेश्वरी स्थित वाग्मती किनारमा पनि श्रद्धालुका घुइँचो लागेको थियो । पहाडी समूदायबाट पनि छठ पूजामा उल्लेख्य उपस्थिति थियो ।

समापनको अवसरमा समेत मुख्य ब्रतालु महिला र परिवारका अन्य महिला सदस्यले गीत गाउँदै एक अर्काको निधारमा सिन्दुरको टिका लगाइदिएका थिए । छठका अवसरमा सरकारले शुक्रबार दोस्रो दिन पनि बिदा दिएको छ ।