Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

 छठ समापन 

Friday, October 27, 2017 National Power

१० कार्तिक,काठमाण्डौ – चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ शुक्रबार बिहानदेखि सकिएको छ । बिहान जलासय किनारमा पुजन सामग्रीसहित भेला भएर उदाइरहेको सूर्यलाई अर्घय दिएपछि महापर्वको समापन भयो । यसलाई भोरका घाट वा भोरका अर्घय भनिन्छ ।

तराई मधेसमा विशेष महत्त्वका साथ मानिने छठ अहिले काठमाडौंसहित सबै भागमा उत्तिकै श्रद्धासाथ मानिन्छ । काठमाडौंको गुहेश्वरी स्थित वाग्मती किनारमा पनि श्रद्धालुका घुइँचो लागेको थियो । पहाडी समूदायबाट पनि छठ पूजामा उल्लेख्य उपस्थिति थियो ।

समापनको अवसरमा समेत मुख्य ब्रतालु महिला र परिवारका अन्य महिला सदस्यले गीत गाउँदै एक अर्काको निधारमा सिन्दुरको टिका लगाइदिएका थिए । छठका अवसरमा सरकारले शुक्रबार दोस्रो दिन पनि बिदा दिएको छ ।