९ कात्तिक,काठमाडौं – इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा चेल्सीले एभर्टनलाई हराएको छ । चेल्सीको मैदानमा भएको चौथो चरणको खेलमा घरेलु टोलीलाई २र१ ले विजयी गराउन एन्टोनियो रुडिगर र विलियनले एक–एक गोल गरे ।
एभर्टनका काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए । लिग कपअन्तर्गतकै अर्को खेमला टोटनह्याम हट्सपर भने पराजित भएको छ ।टोटनह्यामलाई लण्डन शहरकै प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाईटेडले ३र२ ले हराएको हो । खेलमा टोटनह्यामका सिसोको र डेले अलीले सुरुवाती दुई गोल गरे । तर वेष्ट ह्यामका आन्द्रे आयुले दुई तथा ओग्बोनाले एक गोल गरेपछि टोली विजयी भएको हो ।