Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दोस्रो चरणको चुनाव हुने जिल्लामा आज निर्वाचन कार्यालय खोलिँदै

Thursday, October 26, 2017 National Power

९ कात्तिक, काठमाडौं – निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यालय स्थापना गरेर काम शुरु गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।दोस्रो चरणको चुनाव मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । त्यसका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ ।

पहिलो चरणको चुनाव भने मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । सो चुनावका लागि मनोनयन दर्ता गरी उम्मेदवारहरुको अन्तिम नामावली पनि प्रकाशित भइसकेको छ ।