Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

दोस्रो चरणको चुनाव हुने जिल्लामा आज निर्वाचन कार्यालय खोलिँदै

Thursday, October 26, 2017 National Power

९ कात्तिक, काठमाडौं – निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यालय स्थापना गरेर काम शुरु गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।दोस्रो चरणको चुनाव मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । त्यसका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ ।

पहिलो चरणको चुनाव भने मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । सो चुनावका लागि मनोनयन दर्ता गरी उम्मेदवारहरुको अन्तिम नामावली पनि प्रकाशित भइसकेको छ ।