Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

स्वयम्भुमा किन तात्यो ढुंगा रु भूगर्भ विभागले पनि पत्ता लगाउन सकेन उत्खनन नै गर्नुपर्ने सम्भावना

Wednesday, October 25, 2017 National Power

८ कात्तिक, काठमाडौं – स्वयम्भुको परि महाचैत्यसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेको छ । भुईंमा छापिएको ढुंगामा अस्वभाविक तातो आएपछि यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेको छ ।

सो ढुंगालाई छोएर प्रत्यक्ष अनुभव गर्नेहरुको भीड लाग्ने गरेको छ । धेरैले यसलाई दैवीशक्तिसँग जोडेर चर्चा गरिरहेका छन् ।किन एउटा मात्रै ढुंगा तात्यो भन्ने प्रश्न सबैको छ । मंगलबार खानी तथा भूगर्भ विभागको टोली नै ढुंगा तात्नुको रहस्य पत्ता लगाउन स्वयम्भु पुग्यो ।

भूगर्भ विभागका उपसचिव सुरेस श्रेष्ठको नेतृत्वमा गएको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्‍यो । जमिनमुनि के भइहरेको छ भनेर अध्ययन गर्न यो रडार प्रयोग हुन्छ । विभागले त्यहाँ कुनै इलेक्ट्रिक ‘सर्ट सर्किट’ भएको अनुमान गरेको थियो ।

तर, परीक्षणमा भने रडारले त्यहाँ कुनै ‘सर्ट सर्किट’ भएको देखाएन । जसका कारण ढुंगा तात्नुको रहस्य अझै गर्भमै रह्यो ।‘हामीसँग भएको रडारले त्यहाँ कुनै संकेत देखाएन । अब के भएको हो भन्ने बुझ्न उत्खनन नै गर्नुपर्छ’ उपसचिव श्रेष्ठले भने,’एक दिन सो क्षेत्रको विजुली कटाएर पनि जाँच गर्न सकिन्छ । छलफल गर्दैछौं ।’

पुरतात्विक महत्वको क्षेत्र भएकाले उत्खनन गर्न पुरातत्व विभागको स्वीकृति चाहिन्छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ । स्वयम्भुमा अहिले भूकम्पपछिको पुनर्निर्माणको काम चलिरहेको छ । अनन्तपुर, प्रतापपुर र शान्तिपुर मन्दिर निर्माणको क्रममा छन् ।