Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

विधान विपरित जाने चार जनालाई निष्कासन

Thursday, October 19, 2017 National Power

२ कार्तिक, काठमाण्डौ –  नेकपा मालेको स्थयी कमिटिको बैठकले पार्टिको विधान विपरित जाने चार जनालाई निष्कासन पार्टिबाट गरेको छ ।नेकपा मालेका महासचिव सिपि मैनालीको अध्यषतामा बसेको उक्त बैठकले गुट–फुटपरस्त कृयाकलापमा सकृय पार्टीका ४ जना लाई अनुशासनको कार्यवाही मार्फत् पार्टीबाट निष्काशन गरिएको जनाएको छ ।

निष्कासनमा पर्नेमा पार्टीका पोलिटब्युरो सदस्यहरु नीलमणि बराल, अइन्द्रसुन्दर नेम्वाङ्ग, वैकल्पिक पोलिटब्युरो सदस्य रोहित के.सी. र जे.पी. केरुङ्ग रहेका छन् । उहाँहरु ले पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिलाई निरंतरता दिंदै आएको तथा पार्टी नेतृत्वसंग भएको सम्वादमा त्यस्ता गतिविधि तत्काल रोक्ने भनीए पनि उनीहरु गुटबन्दी र फुटपरस्तका कामहरुमा सकृय रहेको पाईएकोले निष्कासन गर्नुपरेको महासचिव द्धारा हस्ताक्ष्रित विज्ञप्तिमा भनिएको छ ।