Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रामहरी खतिवडाले फिर्ता गरे रातोपासपोर्ट, राहदानी फिर्ता गर्ने पहिलो व्यक्ति

Tuesday, October 17, 2017 National Power

३१ असोज,काठमाडौं  – नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले आफुले लिएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन । सांसद सुविधा पाएको कुटनीतिक राहदानी सांसद स्वतः विगठन भएपछि आफुले नैतिकताका आधारमा फिर्ता गरेको खतिवडाले बताएका छन ।

कुटनीतिक राहदानी दुरुपयोग भइरहेको अवस्थामा खतिवडाले इमान्दारीका साथ राहदानी फिर्ता गरेर उदाहरणीय काम गरेका छन । यसरी राहदानी फिर्ता गर्ने मध्ये पहिलो व्यक्ति खतिवडा बनेका छन । खतिवडाले व्यवस्थापिका संसदको अन्तर्राष्टिय सम्पर्क एवं समन्वय समितिमा राहदानी बुझाएका हुन ।

संसदको अन्तर्राष्टिय सम्पर्क एवं समन्वय समितिमा अहिलेसम्म ११ जना सांसदहरुले राहदानी बुझाएको उपसचिव रेखा उपाध्यायले बताइन । उपाध्ययका अनुसार कतिपय सांसदहरुले सिधै परराष्ट मन्त्रालयमा गएर बुझाउने बताएका छन । समितिमा बुझाएपनि राहदानी क्यान्सिलेशन भने परराष्ट मन्त्रालयले नै गर्ने उपसचिव उपाध्ययले बताइन ।