Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

एमालेसँग चुनावी तालमेलको प्रयासमा चित्रबहादुर केसी, पार्टी एकता भने नगर्ने

Monday, October 16, 2017 National Power

३० असोज, काठमाण्डौ  – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनमा समावेश हुने सम्भावना अझै बाँकी रहेको बताएका छन् । आगामी निर्वाचनका लागि समाुपातिक तर्फको उम्मेदवारको बन्दसुचि पेश भइसके पनि एकताको सम्भावना रहेको बताए ।“हाम्रो तालमेलको नीति छदैँछ । पार्टी एकता चाँही गर्दैनौँ ।” केसीले भने । नीति, व्यवहार, भेषभुसा, खानपान सबै मिल्नेसँग मात्रै पार्टी एकता हुन सक्ने भन्दै केसीले नेकपा एमालेसँग सबै कुरा नमिल्ने बताए ।

नेपाली कांग्रेससँग चाँही चुनावी तालमेल पनि नगर्ने केसीले स्पष्ट पारे । साना दलहरु ठूला दलसँग मिसिएर ठूलो हुनु र सुन्निएर मोटाउनु एउटै भएको तर्क गर्दै केसीले नीति, सिद्धान्त र आचरण ठूलो कुरा भएको बताए । सत्ताको स्वाद चाख्नका लागि मात्रै ठूलो भिडमा मिसिनु गलत भएको केसीले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै केसीले प्रत्यक्षतर्फ चुनाव लड्ने आफ्नो रहर पूरा गरिसकेको भन्दै मानुपातिकको सुचिमा बसेको जानकारी दिए । नेताहरुले राजनीतिको नाममा व्यापार गरेकाले देश खरानी भएको केसीको तर्क छ । राष्ट्र र जनताको सेवाका लागि राजनीति गर्नुपर्ने केसीको भनाई छ । मुलुकलाई संघीयताले ध्वस्त बनाउने कुरा केसीले दोहो¥याए । संघीयताको नकारात्मक नतिजा अझै देख्न बाँकी रहेको केसीको तर्क छ । अहिलेको संघियतालाई आर्थिक रुपमा धान्न नसकिने केसीको दाबी छ ।