Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

एमालेसँग चुनावी तालमेलको प्रयासमा चित्रबहादुर केसी, पार्टी एकता भने नगर्ने

Monday, October 16, 2017 National Power

३० असोज, काठमाण्डौ  – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनमा समावेश हुने सम्भावना अझै बाँकी रहेको बताएका छन् । आगामी निर्वाचनका लागि समाुपातिक तर्फको उम्मेदवारको बन्दसुचि पेश भइसके पनि एकताको सम्भावना रहेको बताए ।“हाम्रो तालमेलको नीति छदैँछ । पार्टी एकता चाँही गर्दैनौँ ।” केसीले भने । नीति, व्यवहार, भेषभुसा, खानपान सबै मिल्नेसँग मात्रै पार्टी एकता हुन सक्ने भन्दै केसीले नेकपा एमालेसँग सबै कुरा नमिल्ने बताए ।

नेपाली कांग्रेससँग चाँही चुनावी तालमेल पनि नगर्ने केसीले स्पष्ट पारे । साना दलहरु ठूला दलसँग मिसिएर ठूलो हुनु र सुन्निएर मोटाउनु एउटै भएको तर्क गर्दै केसीले नीति, सिद्धान्त र आचरण ठूलो कुरा भएको बताए । सत्ताको स्वाद चाख्नका लागि मात्रै ठूलो भिडमा मिसिनु गलत भएको केसीले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै केसीले प्रत्यक्षतर्फ चुनाव लड्ने आफ्नो रहर पूरा गरिसकेको भन्दै मानुपातिकको सुचिमा बसेको जानकारी दिए । नेताहरुले राजनीतिको नाममा व्यापार गरेकाले देश खरानी भएको केसीको तर्क छ । राष्ट्र र जनताको सेवाका लागि राजनीति गर्नुपर्ने केसीको भनाई छ । मुलुकलाई संघीयताले ध्वस्त बनाउने कुरा केसीले दोहो¥याए । संघीयताको नकारात्मक नतिजा अझै देख्न बाँकी रहेको केसीको तर्क छ । अहिलेको संघियतालाई आर्थिक रुपमा धान्न नसकिने केसीको दाबी छ ।