Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

एमाले भित्र चरम विवाद, निर्वाचन आयोगमा खालीपाना बुझाएको जिकिर

Monday, October 16, 2017 National Power

३० असोज, काठमाडौं  -निर्वाचन आयोगले सामानुपातिक तर्फको बन्दसुची पेश गर्ने हिजो अन्तिम दिन तोकेपनि प्रमुख प्रतिपक्ष नेकमा एमालेले भने समानुपातिक उम्मेद्वारको बन्द सुची पेश गर्न सकेको छैन ।

विश्वस्त श्रोतले दिएको जानकारी अनुसार हिजो बन्दसुचीको विषयलाई लिएर एमालेका शिर्ष नेताहरु अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल लगाएतका नेताहरुको वैठक बसेको थियो । तर बन्दसुचीमा अध्यक्ष केपी ओली पक्षले एकलौटी रुपमा नाम प्रस्तुत गरेपछि झलनाथ खनाल, माधव नेपाल लगाएतका नेताहरु आक्रोसित भइ वैठकमा हस्तक्षेप गरेका थिए । एमाले केन्द्रिय कमिटिले स्थायी कमिटिलाई उम्मेद्वारहरु छनौट गर्ने जिम्मा दिएपनि सथायी कमिटिको वैठकै नडाकी अध्यक्ष ओलीले एलौटी ढंगबाट नाम सिफारिस गरेको आरोप लगाएका छन् ।

खनाल नेपाल पक्षले तत्काल स्थायी कमिटिको वैठक डाकी समानुपातिकमा नाम सिफारिस गर्नु पर्ने नभए पार्टी भित्रै विद्रोह गर्ने चेतावानी दिएका थिए । बेलुका अवेरसम्म चलेको वैठकमा सहमती जुट्न नसकेपछि राती अवेर एमाले नेतृत्व निर्वाचन आयोग पुगी बन्दसुचीको नाममा खाली पाना र धरौटी मात्र बुझएको एमालेका विश्वस्त श्रोतले बताएको छ । कार्तिक ३ गतेसम्म बन्दसुचीको नामावलीमा हेरफेर गर्न पाउने भएकोले एमाले नेतृत्वले सबै नामावली कार्तिक ३ भित्र बुझाउने गरी निर्वाचन आयोगमा खाली पाना बुझाएर आएको बताइएको छ ।

तर निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने यस विषयमा जानकारी नभएकोले आज बन्दसुची खोलेपछि मात्र थाहा हुने बताए । उनले दलहरुलाइ नामावली सच्याउन ६ दिनको समय सिमा दिइएकोले त्यसभित्र नामावाली सच्याउन सक्ने कानुनी प्रावधान रहेको पनि बताए ।