Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

रियल मेड्रिड जित्दा बार्सिलोना बराबरीमा रोकियो, अंकतालिकामा मेड्रिड दोस्रो स्थानमा

Sunday, October 15, 2017 National Power

२९ असोज, काठमाडौं –  क्रिष्टियानो रोनाल्डोको गोलसँगै रियल मड्रिडले गेटाफेलाई हराएको छ र स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ग्यारेथ बेल विना मैदान उत्रिएको रियलले गेटाफेलाई २–१ गोल अन्तरले हराएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा रियलले ३९ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लियो । ५६ औं मिनेटमा मोलिनाले बराबरी गोल फर्काए ।

तर, ८५ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि रियल मड्रिडले २–१ गोल अन्तरले विजयी भएको छ ।यो जित सबै प्रतियोगितामा लगातार चौथो जित हो ।सुपर कपमा बार्सिलोनामाथि ३–१ ले जित हात पारेको खेलमा रेफ्रीलाई धकेलेका कारण रोनाल्डाले ५ खेलको प्रतिबन्ध खेपे । रोनाल्डोको अनुपस्थितिमा च्याम्पियन्स लिग र ला लिगाको साबिकको विजेताले ला लिगामा ४ अंक गुमायो ।

प्रतिबन्धपछि रोनाल्डोको पहिलो खेलमा नै रियल बेटिससँग अप्रत्यासित हार व्यहोर्‍यो ।शनिबारको जितसँगै रियल मड्रिड १७ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर बार्सिलोनाभन्दा अझै ५ अंकले पछाडि छ ।अर्को खेलमा लिग लिडर बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग १–१ को बराबरी खेलेको छ ।

लुइस स्वरेजको गोलसँगै बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेर ला लिगामा अपराजित यात्रा कायमै राखेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् ।घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले २१ औं मिनेटमा निगुरेजको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा यो अग्रता कायमै रह्यो । तर, ८२ औं मिनेटमा बार्सिलोनाका स्वरेजले बराबरी गोल फर्काए । त्यसअघि सकेण्ड हाफको सुरुमा नै लिओनल मेस्सीको फ्रिकिक पोष्टमा लागेको थियो ।