Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

स्वास्थ्य मन्त्रालयमा सि.एम.ए संघको धर्ना, माग पुरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनि

Saturday, October 14, 2017 National Power

२८ असोज,काठमाडौं –   नेपाल सि।एम।ए संघ र अखिल नेपाल सि.एम.ए संघले स्वास्थ्य व्यबसायी परिषद ऐन २०५३ मा व्यबस्था भए बोमोजिम सेवा तथा अधिकार लागुगर्न सरकारसँग माग गरेका छ । सहायक स्तरका स्वास्थ्यकर्मीहरुले गत असोज २३ गतेबाट स्वास्थ्यमन्त्रालय परिसरमा सुरु गरेको शान्तिपूर्ण धर्नाकार्यक्र एकहप्ता पुग्नै लाग्दापनि मागहरुप्रति व्यवास्था गरेको भन्दै आपत्ति जनाएका छन् ।

स्वास्थ्य व्यबसायी परिषद ऐन २०५३ मा व्यबस्था भए बोमोजिम सेवा तथा अधिकारलाई तत्काल कार्यन्वयन गर्नुपर्ने मुख्य माग सहित धर्नामा बसेका स्वास्थ्यकमीहरुले माग पुरा नभएसम्म आन्दोलन जारि राख्ने जानकारी दिएका छन् ।

रिपोर्टर्सनेपालसँगको कुराकानीमा अखिल नेपाल प्रगतीशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर ५ का ईन्चार्ज मानव नेपालीले भने,‘स्वास्थ्य व्यबसायि ऐन २०५३ को दर्फा दुईको ‘घ’ले व्यबस्था गरेको अधिकारलाई लागु गर्नुपर्छ।’

उपाध्यक्ष नेपालीले अघि थपे,‘स्वास्थ्य मन्त्रालयद्धारा जारि गरिएको स्वास्थ्य संस्था सञ्चालन तथा स्थापना निर्देशिकाले उक्त ऐनमा उल्लेखित व्यबस्थालाई विस्थापित गरेको छ, त्यसलाई सरकारले ऐनले दिएको अधिकारलाई हुबहु कार्यन्वयन गर्नपर्ने हुन्छ, यदि अधिकार दिनेकाममा राज्य मौनबस्छ भने हामी कडाआन्दोलनमा उत्रिन्छौ।’

नेपाल सि.एम.ए संघ र अखिल नेपाल सि.एम.ए संघको संयुक्त धर्ना कार्यक्रममा देशभरीबाट १ लाख बढि स्वास्थ्यकर्मीको साथ रहेको छ।
सरकारले मुलुकका दुरदराजमा खटेर आम नागरिकको स्वास्थ्य उपचार, रोग निदान, स्वास्थ्य परामर्श, आपतकालिन व्यबस्थापन गर्ने काममा सहायक स्तरका स्वास्थ्यकर्मीको भूमिका रहँदै आएको आन्दोलित संठनहरुको दाबि रहेको छ।