Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जित्ने उम्मेद्वार विरुद्ध एमालेको गुटबन्दी, पैसाको पछि लागेको जनताको आरोप

Thursday, October 12, 2017 National Power

 

२६ असोज, काठमाडौँ  – नेकपा एमाले काठमाडौँ क्षेत्र ९ को (क) मा प्रदेशसभाको लागि उम्मेद्वार छनौटको अन्तिम चरणमा पुगेको बेला व्यापक चलखेल हुन लागेको कुरा बाहिर आएको छ । यस क्षेत्रमा जनतामाझ निकै लोकप्रिय मानिएका रामेश्वर श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस भएको भए पनि पार्टी नेतृत्वलाइ प्रभावमा पारी अन्य उम्मेद्वारले टिकट हत्याउन लागेको थाहा पाएपछि यस क्षेत्रका एमाले कार्यकर्ता निकै निराश बनेका छन् ।

यस क्षेत्रका एमाले कार्याकर्ताका अनुसार यस भिजेका युवा नेता रामेश्वर श्रेष्ठ उपयुक्त भएको र यसैको आधारमा पार्टी क्षेत्रिय कमिटीले प्रदेश सभाको लागि उनको नाम सिफारिस गरेकोमा अन्तिम समयमा पार्टी भित्र चलखेल शुरु भएको र यो आफुहरुलाइ मान्य नभएको बताएका छन् । उनीहरुका अनुसार यदि क्षेत्रबाट श्रेष्ठ बाहेक अन्यले टिकट पाउने अवस्था भए आफुहरुले विद्रोह गर्ने चेतावनी दिएका छन् । श्रेष्ठको लोकप्रियतालाइ मनन गर्दै एमाले मात्र नभई नेपाली काँग्रेस तथा अन्य पार्टीका भोटरहरुले पनि आफ्नो भोट श्रेष्ठलाइनै जाने बताइरहेको समयमा एमाले पार्टीभित्रैबाट आत्मघाती खेल हुन लागेकोमा चिन्ता व्यक्त गरेका छन् ।

विगत लामो समय देखि नेपाली काँग्रेसको भोटर तथा कार्यकर्ताको रुपमा काम गरिसेका व्यक्तिहरु पनि श्रेष्ठले टिकट पाएका आफ्नो उनलाइनै जाने बताइरहेका बेला यो चलखेले एमालेलाई निकै घाटा पुर्याउने मात्र होइन उस्को उम्मेद्वार स्वतः पराजित हुने विश्लेषण गर्न थालिएको छ ।

यस विषयमा सिफारिसमा परेका रामेश्वर श्रेष्ठसंग बुझ्दा पार्टी भित्रको प्रतिष्पर्धा भएपनि आम जनताको भावना पार्टीले बुझ्नुपर्ने बताए । उनका अनुसार यस क्षेत्रका एमालेवृत्तमा मात्र नभइ अन्य पार्टीहरुले पनि आफुलाई शुभकामना दिइसकेको अवस्थामा पार्टीभित्रै चलखेल हुनु दुखद भएको पनि बताए । यद्यपी पार्टी नेतृत्वले आम जनताको भावना बुझ्नेमा भने उनी ढुक्क थिए ।