Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शरणार्थी शिवीरमा हैजाको उच्च जोखिम

Wednesday, October 11, 2017 National Power

असोज २५, काठमाण्डौ – विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेका शिवीरहरुमा हैजाको उच्च जोखिम अझै कायमै रहेको बताएको छ ।म्यानमारबाट भागेर बंगलादेशमा आएका लाखौँ शरणार्थी बसेको सो शिवीरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले यसअघि नै गरेको थियो ।तर अहिले पनि ती शिवीरमा स्वस्थ खानेपानीका साथै सरसफाइमा ध्यान नदिइएकोले हैजाको प्रकोप फैलिनसक्ने खतरा अहिले पनि उच्च नै रहेको बताइएश्को छ ।

 

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी आसपासमा शिवीर बनाएर बसेका लाखौँ शरणार्थीले बडो कष्टपूर्ण जीवनयापन गरिरहेका समाचारहरु पनि व्यापक मात्रामा आइ नै रहेका छन् ।उनीहरुलाई ७० भन्दा बढी शिवीर बनाएर राखिएको छ । तर आधारभूत आवश्यकताजस्तै खाने पानी, पौष्टिक आहार या सफा बस्ने स्थानका साथै औषधोपचारको पनि उनीहरुलाई कमी छ ।यसै कारणले उक्त शिवीरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको थियो । उक्त चेतावनीको करिब १५ दिनपछि पनि परिस्थितिमा खासै सुधार नआएकोले हैजाको उच्च जोखिम कायमै रहेको सो संगठनको भनाई छ ।

अहिले नै उनीहरुमा सफा खानेपानीको अभावका कारण पानीजन्य रोगको प्रकोप देखिएको छ । यसमा निगरानी राख्नुका साथै आवश्यक उपचारको प्रबन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप शुरु हुनसक्ने खतरा छ उक्त संगठनले भनेको छ ।ती शिवीरलाई लक्ष्यगरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेश सरकारले पनि स्वास्थ्य सुविधाको सामान्य प्रबन्ध गरेको छ । तर ती प्रयासहरु पर्याप्त नभएको बताइन्छ ।

-एजेन्सीको सहयोगमा