Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

अध्यक्ष गौचनको गोली हानी हत्या

Monday, October 9, 2017 National Power

२३ असोज, काठमाडौं – निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् ।

गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सिभिल अस्पतालका निमित्त निर्देशक विमल थापाले अस्पताल ल्याउँदैमा उनको मृत्यु भइकसकेको बताए ।उनले भने, ुअस्पताल ल्याउँदा गौचनको मृत्यु भइकसकेको थियो । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको थियो ।

राजधानीमा दिनदहाडै गोली प्रहार भएको छ । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको हो । उनीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । दुवै गोली उनको पेटमा लागेको छ । उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि गोली हानेका थिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए ।