Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

रिक्त दरबन्दी लोकसेवा आयोग पठायो

Sunday, October 8, 2017 National Power

२२ असोज,काठमाडौँ – सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ । आउँदो बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिकराम दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ । तीमध्ये प्रशासनमा सबभन्दा बढी रिक्त रहेका छन् । प्रशासनमा सहसचिवमा ५० र उपसचिवमा ८३ रिक्त पद रहेका छन् ।

यसैगरी मन्त्रालयले रिक्त रहेका अधिकृत तहको दरबन्दी संकलन गरिरहेको छ । कात्तिक र मंसिरको अन्तिम साता आयोगद्वारा खुलाइने विज्ञापनका लागि रिक्त दरबन्दी संकलन गरिरहेको दाहालले बताउनुभयो ।

अधिकृत तहको कात्तिकमा प्राविधिकतर्फ र मंसिरमा प्रशासनतर्फको आयोगले विज्ञापन गर्ने कार्यतालिका रहेको छ । “सबै मन्त्रालय निकायलाई रिक्त दरबन्दी पठाउन चिठी पठाएका छौँ”– उहाँले भन्नुभयो, “सबैतिरबाट रिक्त दरबन्दी आएपछि आयोगमा पठाउँछौँ ।”

सरकारले यसपटक कर्मचारी समायोजन ऐन ल्याएपछि नयाँ दरबन्दी नभई पुरानै रिक्त दरबन्दीमा मात्र विज्ञापन गर्ने निर्णय गरेको छ ।