Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

मखानखेती लोप हुँदै

Sunday, October 8, 2017 National Power

२२ असोज,गौशाला –  मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत मखानखेती महोत्तरी जिल्लाबाट विस्तारै लोप हुन थालेको छ । बदलिँदो समयसँगै जिल्लाका सयाँैै मखान पोखरीमा माछापालन गर्न थालिएपछि महोत्तरीबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् ।

जिल्लामा चाडपर्व, पूजाआजा, विवाह, ब्रतवन्ध जस्ता शुभकार्यका साथै मनुष्य मात्रको श्राद्ध कर्म समेतमा मिथिलामा मखानको प्रयोग हुनेगर्छ । मखान व्यवसायीका लागि राम्रो आयआर्जन गर्ने माध्यम मात्र नभै मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि भएको सँस्कृतिविद्हरु बताउँछन् ।

मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसको खेती नभएर जिल्लाको मलाह जातिको रोजगारीसमेत गुम्न थालेको मलाह जातिका रामविवेक सहनीले बताउनुभयो ।

किसानले आम्दानी बढाउन लागि पोखरीमा माछापालन गर्न थालेपछि यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा संकटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताउनुभयो । विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ ।

मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकालगायत दर्जनौ गाउँमा करिब ५०० वटा जति पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछा पाल्न थालिएको छ ।

मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौ किलो मखानको बिक्री हुने गर्दछ । दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व रहेको छ । जिल्ला कृषि कार्यालय महोत्तरीमा यसको खेतीबारे कुनै अभिलेख समेत नरहेको कार्यालय प्रमुख सुकेश्वर झाले बताउनुभएको छ ।