Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मखानखेती लोप हुँदै

Sunday, October 8, 2017 National Power

२२ असोज,गौशाला –  मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत मखानखेती महोत्तरी जिल्लाबाट विस्तारै लोप हुन थालेको छ । बदलिँदो समयसँगै जिल्लाका सयाँैै मखान पोखरीमा माछापालन गर्न थालिएपछि महोत्तरीबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् ।

जिल्लामा चाडपर्व, पूजाआजा, विवाह, ब्रतवन्ध जस्ता शुभकार्यका साथै मनुष्य मात्रको श्राद्ध कर्म समेतमा मिथिलामा मखानको प्रयोग हुनेगर्छ । मखान व्यवसायीका लागि राम्रो आयआर्जन गर्ने माध्यम मात्र नभै मिथिलाको संस्कृति जोगाउने उपक्रम पनि भएको सँस्कृतिविद्हरु बताउँछन् ।

मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसको खेती नभएर जिल्लाको मलाह जातिको रोजगारीसमेत गुम्न थालेको मलाह जातिका रामविवेक सहनीले बताउनुभयो ।

किसानले आम्दानी बढाउन लागि पोखरीमा माछापालन गर्न थालेपछि यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा संकटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताउनुभयो । विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ ।

मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकालगायत दर्जनौ गाउँमा करिब ५०० वटा जति पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछा पाल्न थालिएको छ ।

मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौ किलो मखानको बिक्री हुने गर्दछ । दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व रहेको छ । जिल्ला कृषि कार्यालय महोत्तरीमा यसको खेतीबारे कुनै अभिलेख समेत नरहेको कार्यालय प्रमुख सुकेश्वर झाले बताउनुभएको छ ।