Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

स्थानीय चुनाव हार्नेले टिकट नपाउने

Friday, October 6, 2017 National Power

२० असोज, काठमाडौं – कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ । साथै, यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा राखिने छैन ।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री शशांक कोइरालाले पेश गरेको उम्मेदवार छनोटको मापदण्डमा ती विषय उल्लेख छन् । स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिएका छन् । र, उनीहरुको नाम केन्द्रसम्म सिफारिस पनि भएको छ । साथै, अहिले समानुपातिकमा बसेकाहरुले फेरि समानुपातिकमै बस्ने इच्छा पनि देखाएका छन् ।

महामन्त्रीको प्रस्तावअनुसार निर्णय भएमा समानुपातिक सांसद कि प्रत्यक्षमा चुनाव लड्नुपर्छ नभए सांसद हुन पाउने छैनन् । साथै, स्थानीय तहमा हारेकाहरुका लागि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने बाटो औपचारिक रुपमै बन्द हुनेछ ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले पार्टी आक्रामक रुपमा चुनावमा होमिनु पर्नेमा जोड दिए । उनले भने, ‘जिम्मेवार नेताहरु चुनावमा होमिनुपर्छ, कोही पनि चुनावी मैदानबाट भाग्नु हुँदैन ।’कांग्रेसले २५ असोजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएको छ ।