Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

खाद्य बैंकका अध्यक्ष वर्ल्ड आइकन अफ पिस अवार्डबाट सम्मानित हुँदै

Thursday, October 5, 2017 National Power

१९ असोज,काठमाण्डौ –  नेपाल खाद्य बैंकका अध्यक्ष रामराज श्रेष्ठलाई नाइजेरिया स्थित वल्र्ड आइकन अफ पिसको रूपमा सम्मानित गरिने भएको छ ।

यही अक्टोवरको २२, २३ र २४ तारिखमा हुन लागेको उक्त अवार्डको नाम ओसन युथ फर पिस । पिस जुङ अवार्ड २०१७ राखिएको छ । ग्रहण गर्नको निम्ति श्रेष्ठ अब केही दिनमा नाइजेरिया प्रस्थान गर्न लागेको जानकारी सेतोघर डट कमलाई प्राप्त भएको छ । उक्त कार्यक्रम वल्र्ड इन्ष्टिच्युट अफ पिस नामक संस्थाको अग्रसरमा आयोजना हुन लागेको हो ।

विचौलिया विहीन कृषि बजार र खाद्य सम्प्रभुताको क्षेत्रमा काम गर्ने उद्धेश्यले स्थापना भएको नेपाल खाद्य बैंक मातहत नेपालको अलावा नाइजेरियामा समेत प्रयाप्त काम गर्न सकिने सम्भावना देखेका श्रेष्ठले केही समय पहिले मात्रै नाइजेरियामा कृषिको क्षेत्रमा काम गर्नको निम्ति प्रारम्भिक छलफल तथा सहमति र निर्णय सहित नेपाल फर्किएका थिए ।

नाइजेरियामा हुन लागेको उक्त कार्यक्रममा नाइजेरियाका पूर्व मन्त्री डा। रासि पेल्पुओ सहित भारत, बेइजिङ लगायतका विज्ञहरु समेत वक्ताको रुपमा सहभागि हुने कार्यक्रम छ । कार्यक्रमको विषयवस्तु भने द रोल अफ युथ इन पोलिटिक्स ९राजनीतिमा युवाको भूमीका  रहनेछ ।