Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बाबुराम भट्टराइ सुर्य चिन्ह बाटै चुनाव लड्दै

Tuesday, October 3, 2017 National Power

१७ असोज, काठमाडौँ – नयाँ शक्ति पार्टी एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा सहभागी भएको छ । साथै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए । नेताहरुबीच एमाले, माओवादी र एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।

साथै नयाँ शक्तिले आगामी चुनावमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको छ ।

एमाले र माओवादीबीच भने चुनाव चिन्हबारे सहमति हुन बाँकी छ । सूर्य चिन्हबाट चुनाव लड्दा फरक दलको अस्तित्व नहुने भएपछि माओवादी तालमेल गरेर आफ्नै चुनाव चिन्ह हसिया हथौडा लिएर चुनावमा जाने योजनामा छ ।