Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

 पुर्वाञ्चलको विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुदै

Tuesday, October 3, 2017 National Power

काठमाडौँ  – पुर्वाञ्चलका विभिन्न शहरमा अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको अडिसन हुने भएको छ महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले अल स्टार नेपाल्स नेक्स्ट टप मोडल प्रतियोगिताको आयोजना गर्ने भएको हो यहि असोज २२ गते आइतबार बिरेन्द्र बजार, असोज २३ गते गोलबजार असोज २५ गते लाहान, असोज २६ गते जनकपुरमा अडिशन सुरु हुन गइरहेको उक्त सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धामा प्रतिनिधित्व गराउने उदेश्यले यो प्रतियोगिता गर्न लागिएको मोडल संघ नेपाल प्रा।लिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन ।


प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि २५ बर्ष सम्म र महिलाको उचाइ ४’ ८” र पुरुष ५’ ३” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ । उक्त प्रतियोगिताको बिजेताले रु २५,००० हजार नगद तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।