Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रत्नपार्कको फुटपाथमा नोट बजार ! बार्गेनिङ गर्दै पैसा किन्न पाइने ठाउँ ! (भिडियो सहित)

Tuesday, September 26, 2017 National Power

नेपाल सरकारको नियम अनुसार कुनै पनि व्यक्ति वा संस्थाले वित्तिय कारोबार गर्नु परेमा नेपाल राष्टबैंकको मतहतमा रही विभिन्न प्रकृया पुरा गरेर मात्र गर्न सकिन्छ । तर यो नेपाल हो, यहाँ जे पनि हुन्छ, जस्ले जे गरे पनि हुन्छ ।

नेपालीहरुको महान चाड विजया दशमीको लागि नेपाल राष्टबैंकले प्रत्येक बर्ष नयाँ नोटको सटही गर्दैै आएको छ । तर चुस्त व्यवस्थापन नहुँदा प्रत्येक बर्ष आम उपभोक्ताले सास्ती व्यहोर्दै आउनु परेको छ । सधैँको बर्षहरुमा जस्तै यसपाली पनि राष्टबैंकले नोट सटहीको लागि चुस्त व्यवस्थापन गर्न नकस्दा आम उपभोक्ताहरुले दिनभरी लाईन बसेर पनि नोट सटही गर्न पाएनन्् । त्यसैको फाइदा उठाउँदै केही व्यक्तिहरुले आफ्नो नातागोता र चिनेजानेकाहरुको सहयोगमा राष्टबैंकबाट खुला पैसा लिएर सडक पेटीमा जुत्ता चप्पल जस्तै नोट विक्रि गर्न बसेको देखिन्छ ।

आम उपभोक्ता पनि केन्द्रिय बैंकको अकर्मण्यताको सिकार बन्दै सडकमा नोट साट्न ब

सेकाहरुबाट सयकडा १० अर्थात सय रुपियाँको खुला पैसा साट्दा एक सय दश रुपैयाँ तिर्न बाध्य भइरहेका छन् ।

रत्नपार्कको सडक पेटीमा एउटा बोरा ओछ्याएर फुटपाथका जुत्ता चप्पल व्यापारीहरुजस्तै ग्राहक बोलाइबोलाइ नोट सटही गरिरहेको दृश्य देख्दा निकै अचम्म लाग्छ । अझ भनौ नेपालमा फुटपाथमा पैसा किन्न पाईन्छ त्यो पनि बार्गेनिङ गर्दै ।

फुटपाथमा पैसा किन्दै गर्दा भेटिएका उपभोक्ता राम प्रसाद सापकोटाका अनुसार राष्ट्रबैंकका दिन भरी लाईन लाग्दा पनि नोट सटही गर्न नपाएपछि बाध्य भएर रत्नपार्कको फुटपाथमा पैसा किन्न बाध्य भएको बताउँछन् । भने व्यापारीहरुले पनि सरकारले दिन नसकेको सुविधा आफुले दिएको भन्दै गर्व गर्छन् ।

समग्रमा भन्नुपर्दा जुन ठाउँमा सिस्टमले काम गर्दैन या भनौ चुस्त व्यवस्थापन हुँदैन त्यस्तो ठाउँमा नोट जस्तो महत्वपूर्ण संवेदनशील चिज फुटपाथमा विक्रिमा राखिन्छ । भोली यसैको मौका छोपी नक्कली नोट कारोबारीहरुले सडकमा बसेर यसरीनै नोट बेच्न थाले भने र आम उपभोक्ता त्यसको सिकार हुनु पर्यो भने त्यसको जवाफदेहिता कस्ले लिने ? अनि देशको अर्थतन्त्रमा त्यसले पार्ने प्रभावको बारेमा कस्ले सोच्ने ?