Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड

Friday, September 22, 2017 National Power

६ असोज, हेटौंडा – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् र प्रदेशको चुनावमा माओवादी तेस्रो पार्टी बन्ने बताएका छन् । तर, आफ्नो पार्टीको हैसियत ‘कसैले हेप्न नसक्ने’ र सरकार राज्य सञ्चालनमा निर्णायक रहने उनको दाबी छ ।

हेटौंडामा शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू माओवादीको एकता र संगठन बलियो बनाउन लागेको बताए । ‘हुनु पर्ने त एक नम्बर नै हो’ उनले भने, ‘तुरुन्तै पहिलो हुने स्थिति त रहेन । तर, स्थानीय चुनावको भन्दा माथि जान्छौं र कसैले हेप्न नसक्ने भनौं वा शक्तिशाली तेस्रो हुन्छौं ।’

माओवादी कमजोर हुनुमा आफूहरुकै दोष रहेको उनले बताए । शक्ति केन्द्रहरुले माओवादीलाई शक्तिशाली भएको हेर्न नचाहेको भन्दै उनले पार्टी कमजोर हुनुमा एकतावद्ध हुन नसक्नु र जनतामा नजानु मुख्य कारण भएको बताए ।

प्रचण्डले ठूलो सरकार बनाउनु राम्रो नभएको बताए । तर, संक्रमणकालको अन्तिम सरकार भएकाले २/३ महिना जे–जे भएपनि व्यहोर्नु पर्ने धारणा राखे ।