Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ओली बाहेकका सबै शीर्ष नेता प्रदेश नम्बर २ मा

Thursday, September 14, 2017 National Power

२९ भदौ, काठमाडौं – प्रदेश नम्बर २ मा सकेसम्म धेरै स्थानीय तहमा चुनाव जित्ने लक्ष्यका साथ चुनावमा होमिएका ठूला दलले चुनावी प्रचारलाई तीब्र बनाएका छन् ।
का‍ंग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, लगायत दलका शीर्ष नेता २ नम्बर प्रदेशका ८ जिल्लाका विभिन्न ठाउँमा हुने चुनावी सभामा सहभागी भइरहेका छन् । एमालेले अध्यक्ष केपी शर्मा ओली बाहेकका नेताहरुलाई २ नम्बर प्रदेशमा खटाएको छ । ठूला सभा नभएको भन्दै अध्यक्ष ओली भने तराई गएका छैनन् । शुक्रबारको रातीदेखि मौन अवधि सुरु हुने भएकाले सबै दलका नेता बिहीबार र शुक्रबार दिउँसोसम्म ठाउँठाउँका सभामा सहभागी हुनेछन । मौन अवधि शुरु भएपछि चुनावी प्रचार प्रसार लगायत गतिविधिमा रोक लगाइदै आएको छ ।