२८ भदौ – सिरियाको पूर्वी प्रान्त देइर अलजोरमा आइतबार पछि गरिएका हवाई आक्रमणमा परी ६९ जनाको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले मङ्गलबार बताएको छ । विस्तापित सिरियालीहरू रहेको यूफारेट्स नदी र नदीको पूर्वी किनारामा जाँदै गरेका डुङ्गामाथि हवाइ आक्रमण भएको लण्डनस्थित सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियाली सेनाले देइर अलजोरको राजधानीलाई विद्रोहीको कब्जाबाट स्वतन्त्र गर्ने क्रममा घेरा तोड्न आक्रमण गरेको हो ।
सिरियाली सेनाले शनिबार सरकारप्रति वफादार स्थानीय रहेको भूभागसँग विद्रोहीको आश्रयस्थललाई जोडेको थियो ।
–सिन्ह्वा