Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हवाई आक्रमणबाट ६९ जनाको मृत्यु

Wednesday, September 13, 2017 National Power

२८ भदौ – सिरियाको पूर्वी प्रान्त देइर अलजोरमा आइतबार पछि गरिएका हवाई आक्रमणमा परी ६९ जनाको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले मङ्गलबार बताएको छ । विस्तापित सिरियालीहरू रहेको यूफारेट्स नदी र नदीको पूर्वी किनारामा जाँदै गरेका डुङ्गामाथि हवाइ आक्रमण भएको लण्डनस्थित सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियाली सेनाले देइर अलजोरको राजधानीलाई विद्रोहीको कब्जाबाट स्वतन्त्र गर्ने क्रममा घेरा तोड्न आक्रमण गरेको हो ।
सिरियाली सेनाले शनिबार सरकारप्रति वफादार स्थानीय रहेको भूभागसँग विद्रोहीको आश्रयस्थललाई जोडेको थियो ।
–सिन्ह्वा