Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मसिनाको लेकमुनी…..

Tuesday, September 12, 2017 National Power

मसिनाको लेकमुनी.....

सिनाको लेकमुनी मेरो सानो गाउँ छ
मकै गहुँ तोरी फल्ने हेरिरहुँ लाऊछ ।

सुपादेरालीको मन्दिर छ हाम्रै ठाँउमा
दर्शन गर्न भक्तजन आउँछन यसै ठाउँमा ।

देवीको दर्शनगरे मनको इच्छा पूरा हुन्छ
यो ठाउँको सुन्दरताले जो कसैको मन छुन्छ ।

कोइलीचरी वनमा मीठो गीत गाउँछ 
मलाइपनी कोइली सँगै नाच‌ा‌ैँ नाचौँ लाउछ ।

नरपानीमा चिसो हावा चल्छ जैले पनि
हरियाली बोट्बिरुवा प्रकृतिको खानी ।

सेङलेङको डाडाँमा सल्ला सुसाउदा झन्
स्वर्ग भन्नी यहिहोला भन्छ मेरो यो मन ।

वारि हेर्यो सीता खोला पारी बाँणगंगा
ठाडा दह हेर्दा खेरी सबै हुन्छन दंग ।

-Motiraj khanal