मसिनाको लेकमुनी..... सिनाको लेकमुनी मेरो सानो गाउँ छ मकै गहुँ तोरी फल्ने हेरिरहुँ लाऊछ । सुपादेरालीको मन्दिर छ हाम्रै ठाँउमा दर्शन गर्न भक्तजन आउँछन यसै ठाउँमा । देवीको दर्शनगरे मनको इच्छा पूरा हुन्छ यो ठाउँको सुन्दरताले जो कसैको मन छुन्छ । कोइलीचरी वनमा मीठो गीत गाउँछ मलाइपनी कोइली सँगै नाचाैँ नाचौँ लाउछ । नरपानीमा चिसो हावा चल्छ जैले पनि हरियाली बोट्बिरुवा प्रकृतिको खानी । सेङलेङको डाडाँमा सल्ला सुसाउदा झन् स्वर्ग भन्नी यहिहोला भन्छ मेरो यो मन । वारि हेर्यो सीता खोला पारी बाँणगंगा ठाडा दह हेर्दा खेरी सबै हुन्छन दंग ।
-Motiraj khanal