Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आँखैमा हो राखौं कि भन्दै दीपक

Wednesday, September 6, 2017 National Power

२१भाद्र, काठमाडौं – ‘आँखैमा हो राखौं कि…’ भन्दै आएका छन् दीपक पाठक । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि…’को भिडियो हालै सार्वजनिक भएको हो । ‘आँखैमा हो राखौं कि…’ गीतमा शब्द र सङ्गीत पनि दीपक पाठककै छ ।

गीतमा सङ्गीत संयोजन चन्दु गोर्खालीको छ ।‘आँखैमा हो राखौं कि…’को भिडियोमा पुष्प खड्का र वर्षा सिवाकोटीको अभिनय छ । राम श्रेष्ठ र निरज कँडेलले खिचेको यो गीतको भिडियोमा दिपक सिंहको कोरियोग्राफी छ । अनिल कुमार महर्जनले सम्पादन गरको यो भिडियोलाई सुमन घिमिरेले निर्देशन गरेका छन् ।
विगत २५ वर्ष देखि नेपाली साङ्गीतिक क्षेत्रमा रहेका दीपकले थुप्रै कलेक्नस एल्वमहरुमा स्वर दिएका छन् भने चलचित्र गीत पनि गाएका छन् ।