Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

झाडापखालाका कारण दुई दिन विद्यालय बिदा

Thursday, August 17, 2017 National Power

१ भदौ, सोलुखुम्बु – दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ ।

एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रहेको विद्यालयमा बिदा दिइएको शिक्षक भेषनाथ बनले जानकारी दिए ।

ज्वरो आउने, टाउको दुख्ने र झाडापखाला लाग्ने समस्या बढ्दै महामारीको रुप लिन थालेपछि जिल्ला अस्पताल फाप्लुबाट खटिएको डा राजेन्द्र बस्नेत नेतृत्वको टोलीले हिजो साँझ त्यहाँ पुगेर उपचार शुरु गरेको छ ।खानेपानीका कारण समस्या बढेको पाइएको छ । सबैमा एकैप्रकारको समस्या देखिएको र औषधिले काम गर्न थालेकाले केही दिनमा रोग नियन्त्रणमा आउने समेत डाक्टर बस्नेतले बताए ।