३२ साउन, मोरङ – गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको बेलबारीमा एक युवकको मृत्यु भएको छ। बेलबारी–९ का ३२ वर्षीय समीर कार्कीको मृत्यु भएको हो। बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खाँदा घटनास्थलमै कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिए।