२९ साउन, काठमाडौं २१ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भएता पनि डा.केसीले देशको असहज परिस्थितिका कारण आफ्ना सम्पूर्ण बन्दका कार्यक्रम स्थगित गरेर पीडितहरुको उद्धारमा लाग्न सम्पूर्ण चिकित्सकलाई आग्रह गरेका छन् । बन्दमा उत्रिएका सबै संघ संस्थालाई पनि बन्द फिर्ता गरेर पीडितको उद्धारमा खटिन आग्रह गरेका हुन् ।
यसैबीच सरकारी चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ । विज्ञप्तिमा बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिको क्षति न्यूनिकरणमा जुटन् आह्वान समेत गरेको छ ।