Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सिद्दनाथ विज्ञान क्याम्पसका एक विद्यार्थीको घाँटी रेटेर हत्या

Saturday, August 12, 2017 National Power

२८ साउन, महेन्द्रनगर – महेन्द्रनगरको सिद्दनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको होस्टेलभित्रै हत्या भएको छ । स्नातक तह चौथो वर्षमा पढने बझाङ्गको सैनामबसेला गाउँपालिका २३ वर्षका डम्बरबहादुर जाग्रीको शनिबार बिहान क्याम्पसको होस्टेलभित्र हत्या भएको हो ।

बिहान क्याम्पस बाहिरको गेटमा चुरोट खाएर होस्टेल फर्किएका उनको केही समयपछि हत्या भएको खबर आएको स्थानीय बासिन्दाले बताएका छन् । होस्टेलको तल्लो तलाको स्टोर कोठामा घाँटी काटिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा चक्कु फेला परेको छ ।

बझाङ्ग घर भएका जाग्री गएको ४ वर्षदेखि सिद्दनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका थिए । उनी होस्टेलभित्र खानाको मेस समेत सञ्चालन गर्दै आएका थिए । जाग्रीको होस्टेलभित्रैका कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकोे छ । सिद्दनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष जाग्रीलाई चारदिन अघि बसेको बैठकबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक जिम्मेवारी पनि दिइएको थियो ।